समाचार Archive
चिनियाँ राजदूतावासले धम्की आपत्तिजनक : मिश्र
काठमाडौं,पूर्व पत्रकासमेत रहेका साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समाचार र विचारप्रति दूतावासले धम्की दिनु आपत्तिजनक भएको बताएका छन् । ‘दी काठमाण्डू पोस्ट’एक दैनिक पत्रिकामा प्रकाशित विचारप्रति आपत्ति जनाउँदै चिनियाँ राजदूतावासले धम्कीपूर्ण भाषामा विज्ञप्ति जारी गरेको थियो
एक लाख घुस सहित इन्जिनियर पक्राउ
बैतडी, बैतडीमा एक लाख रुपैयाँ घुससहित एकजना इन्जिनियर पक्राउ परेका छन्। जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुससहित बुधबार पक्राउ परेका हुन्। बुधबार बिहानै उनलाई अख्तियार दुरुपयोग

उद्योग वाणिज्य संघका उम्मेदवारको गाडीमा आगजनी
बुटवल ,दाङको बिजौरी उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिएका प्रेमनाथ योगीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । योगी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित वामपन्थी प्यानलबाट बिजौरी उद्योग वाणिज्य संघमा अध्यक्षका उम्मेदवार हुन् । दाङको तुलसीपुर

६ महिना पनि टिकेन कालोपत्रे
दाङ,दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ । कालोपत्र उप्किएपछि पूर्वाधार विकास कार्यालय दाङले सम्बन्धित निर्माण कम्पनीलाई सडक मर्मतका लागि पत्रसमेत पठाइसकेको जनाएको छ । “केही ठाउँमा कालोपत्र उप्किएको छ, उप्किएको ठाउँमा
कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
काठमाडाैँ,चीनमा कोरोना भाइरस अर्थात कोभिड–नाइन्टिनको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार भन्दा बढी पुगेको छ। हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हुबेई प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ। कोरोनाबाट संक्रमित हुनेको
एमसीसी पास हुन्छः प्रचण्ड
बिरेन्द्रनगर,सुर्खेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटन

जब घन्किए ‘इन्कलाब’ का नारा,ढल्यो जहानियाँ शासन
काठमाडौं, विसं २००७ पुस २४ गते बागलुङ बजारमा परिवर्तनकामी नारा घन्किए, ‘राणा शासनको क्षय होस्, इन्कलाब जिन्दावाद ।’ निरङ्कुश जहानियाँ शासनका विरुद्धमा निस्केको विशाल जुलुसको नेतृत्वकर्ता थिए, ओमप्रसाद गौचन । प्रजातन्त्र प्राप्तिका लागि बागलुङबाट उठेको त्यो

प्रजातन्त्र दिवसको अवसरमा ३२९ कैदीहरु जेलमुक्त हुने
काठमाडाैँ,प्रजातन्त्र दिवसको अवसरमा ३२९ जना कैदीहरु जेलमुक्त हुने भएका छन्। प्रकाश थेवेसमेत ३२९ जनाको बाँकी कैद कट्टा गरिने भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको

पूर्वराजा ज्ञानेन्द्र शाहले भने – टाठाबाठालाई मात्रै प्रजातन्त्र आयो
काठमाडौं,पूर्वराजा ज्ञानेन्द्र शाहले ७० औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै राजनीतिक दललाई सन्देश छाडेका छन्। उनले मंगलबार एक शुभकामना सन्देश दिँदै प्रजातन्त्र शब्दमा भन्दा कर्ममा देखिनु पर्ने बताएका छन्। ‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रनु पर्दछ, रुपमा
रौतहटमा मध्यराति गोली हानाहान,स्थानीय त्रसित
रौतहट, रौतहटमा मंगलबार राति मध्यरातमा गोली हानाहान हुँदा स्थानीय त्रसित बनेका छन् । व्यक्ति हत्यालगायतका दर्जनौं अपराधमा संलग्न तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय

