दलाल संसदीय ब्यवस्थाको विकल्प र बास्कोटा प्रसङ्ग

के हो दलाल संसदीय ब्यवस्था ?

संसदीय राज्य ब्यवस्था भनेको राष्ट्रघात, जनघात, भ्रष्टाचार र नैतिक पतन नित्कृष्ठ अपराधि उत्पादन गर्ने कारखाना हो । –  भियतनामी क्रान्तिका नायक होचीमिन्ह ।

हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात ूभन्ने उखान बालकदेखि वृद्धसम्मा खुबै प्रयोग हुन्छ । तर पात फुस्रो किन हुन्छ, त्यस्को बारेमा कतैबाट उत्तर आउदैन । बनस्पति बिज्ञानमा बिरुवाको बारेमा माटोको जाँच गरिन्छ जीव बिज्ञानमा उसको बंश र रोगको बारेमा अध्यन गरिन्छ । जसलाई समाजमा सबैले ग्रहण गर्दछन । तर राजनीति शास्त्रमा शासकिय स्वरुप र शिस्टमको बारेमा धेरै छलफल गरिएको पाइन्छ ।

हजारौं पटक असफल हएर मक्केको पुरानो परिपाटीलाई परिमार्जन गरेर नयाँ भएको दाबी गरिछ । अनि त्यहीँ पुरानो राज्य ब्यबस्था चलाउने दुस्साहस गरिन्छ । समाजमा हजारौं समस्या उत्पादन भएर शासक र सरकार असफल हुँदै जान्छन् । अबको प्रयत्न मानव जगतमा फेरिपनी बिध्यमान समस्याको समाधान बैज्ञानिक तरिकाले खोज्ने प्रयास गरिएन भने बिकास उन्मुख राष्ट्र र त्यस्ता देशका जनताको राष्ट्रिय अस्तित्व नै धरापमा पर्न सक्ने गम्भीर खतरा छ ।

दलाल संसदीय ब्यवस्था भित्रका अपराधिक पात्रहरू 

साम्राज्यवादले निर्माण गरेको दलाल पुजिबाद र दलाल पुजीवादी ब्यस्थामा निर्माण भएको संसदीय ब्यबस्थाम वैदेशिक चलखेल र घुसपैठ चरम रूपमा भएको हुन्छ । दुई देशको नागरिकता बोकेर सांसद बनेर नेपालको सरकारमा समेत प्रवेश गर्छन । अमेरिकी ग्रेनकार्ड बोकेर नेपाली जनताको जनप्रतिनिधि सुचना आयोजनाका महत्त्वपूर्ण मिडियामा महत्त्वपूर्ण पद समालेर बस्न सक्ने खतरापूर्ण संकेत देखिन्छन् ।

मन्त्री सांसद लगायत राजनीति बृतमा एनजीओ र बिदेशी कम्पनीसँग राम्रो सम्बन्ध भएको ब्यक्ति सत्तामा पुग्ने खतरा दलाल संसदीय ब्यबस्थाका चरम लापरबाही हुन । यतिबेला गोकुल बासकोटामात्रै होईन गहिरो अध्यन गर्ने हो भने सत्ता पक्ष र प्रतिपक्षी राजनीति पार्टीको उच्च ओहदामा युरोप अमेरिकी ग्रेनकार्ड बोकेर नेपालको कार्यकारी पद समेतको दुरुपयोग भएको प्रमाण फेलापार्न सक्ने धेरै संभावना छन ।

किनकि नेपालको यो संसदीय ब्यबस्था बिदेशीले आफू अनुकूल निर्माण गरिदिएको हो । सके नेपाली नागरिक्ता र अमेरिकी युरोपेली तथा इन्डियन नागरिक परिचयपत्र भएको त्यति नभए बिदेशी गुप्तचर बिभागसग गम्भीर अप्रादिक साठगाँठ भएको ब्यक्तिहरु नेपालको राजनीति दल सरकार सञ्चार प्रेस तथा प्रसासनमा समेत चलखेल र घुसपैठ भएको पाउन सकिन्छन । यस्ता प्रकृतिका गम्भीर समस्यामा जनस्तरबाट खोजी प्रतिरोधको जरुरी छ । यदी अझैपनि त्यसो गर्न नसकेको खण्डमा लाखौं गोकुल बासकोटा सुरक्षित र शक्तिशाली बनेर बढ्दै जाने गम्भीर समस्या उत्पन्न हुनसक्छ ।

 के हो दलाल संसदीय ब्यवस्था ?

अहिले बिश्वब्यापी रूपमा देखिएको उदार पुजिबादको अर्को उत्सर्ग बहुराष्ट्रिय पुजिबाद हो । बहुराष्ट्रिय पुजीको सम्पुर्ण रूपमा संचालक बिश्व साम्राज्यवादले गर्दछ । गरेको पनि छ,बहुराष्ट्रिय पुजिबादले राष्ट्रिय पुजीलाइ तहसनहस गर्नको लागी बिश्वब्यापी रूपमा संसदिय ब्यबस्थालाई आफु अनुकुल प्रयोग र उपयोग गरेको छ ।

नचहाहेर पनी बिकास उन्मुख राष्ट्रको संसदिय ब्यबस्था र सरकार साम्राज्यवादले निर्माण गरेको बहुराष्ट्रिय पुजिबादको खेतालो बन्न पुगेको हुन्छ । जस्ले राष्ट्रिय पुजिलाइ साम्राज्यवादले निर्माण गरेको बहुराष्ट्रिय पुजिले निस्तेज बनाउने तर्फ उद्द्त हुन्छन् ।

जहाँ राष्ट्रिय पुजि उत्पादनको श्रोत साधन मानव शक्तिका साथसाथै जल , जमीन र बन पैदावरका जडिबुटी समेतलाई बहुराष्ट्रिय पुजिबादको माध्यम हुँदै साम्राज्यवादको हातमा सुम्पिने काम दलाल संसदिय ब्यबस्थाले गर्दछ । अहिले नेपालमा देखिएको मुल समस्या यहीँ हो।

पात्र,प्रवृत्ति र परिस्थिति निर्माणमा संसदिय ब्यबस्थाको भुमिका 

राज्य ब्यबस्थाले राज्यसत्ता निर्धारण जसरी गरेको हुन्छ । त्यसरी नै राज्य सत्ताले सासकका प्रवृत्ति र पात्र निर्माण गरेर जान्छ । त्यहीँ प्रवृत्ति र पात्रले गम्भीर संकटपुर्ण परिस्थिति निर्माण गर्न पुग्दछन । मैले संसदिय चरीत्र र त्यस्को बाध्यताको बारेमा माथी उल्लेख गरिसकेको छु ।

मात्रै यहाँ भन्न खोजेको संसदिय ब्यबस्था दलाल पुजिबादको भारिया र राष्ट्रिय पुजीको बीस भएर निर्माण हुने भएको हुदा कमिसनको मुलबाटो अङ्गाल्छ । सरकार र शासकलाइ चौतर्फी संस्कृतिक भ्रष्ट नैतिक पतनको राजपाठलाई दलाल संसदिय ब्यबस्थाले सफल प्रतिनिधि मान्दछ ।

जब त्यसैका समान्य प्रतिनिधि पात्र गोकुल बासकोटा हुन । हामीले यतिबेला सतहमा देखिएको पात्रहरूलाई मात्रै इङ्गित गरेर आलोचना गर्दछौ । मुख्यगरी हामिले त्योभन्दा भयानक र कुख्यात भ्रष्टाचार र मानव अप्रादिहरु उत्पदन गर्ने कारखानाको रूपमा बर्तमान संसदीय ब्यबस्था हो ।

भन्नेकुरा कदापि भुल्नु हुन्न,जतिबेला उद्धार पुजिबाद चरम उत्सर्गमा पुगेर बहुराष्ट्रिय पुजीवादी राज्यब्यबस्थाको सुरुवात भएको हो । त्यहीँबाट विश्वभरी बिकासोउन्मुख राष्ट्रका संसदीय ब्यबस्था दलाल भ्रष्ट नैतिकहिन संस्कृतिक पतन भएको सासक र प्रतिनिधि पात्रहरुको बलियो शक्ति सरकारमा पुगाउने र सिङ्गो सरकारले नै दलालको रूपमा कामगर्ने गर्दछ ।

यो दलाल संसदीय राज्य ब्यबस्थाको मन्त्री मात्रै होईन । एकजना ईमानदार सांसदले मानव बेचबिखन लागू औसध ओसारपसारमा संलग्न बनेको हुन्छन् । त्यसैले यो संसदीय राज्य ब्यबस्थाले गुन्डागर्दी भ्रष्टाचार तस्करी मानव बेचबिखन लागुऔषध ओसारपसार गर्ने जस्ता अपराधी पात्रहरुलाई सांसद बन्न योग्यता भएको ठहर गर्दछ । राज्यको शक्ति प्रयोग गरेर जसले भ्रष्टाचारको चलाखिपुर्ण तरिकाले जस्ले काम गर्दछ ।

त्यस्ता प्रतिनिधि पात्रलाई सरकारको मुख्य मुख्य पदमा पुगाउन प्रयत्न गर्दछ जतिबेलादेखी नेपालमा राणा र पञ्च्यायत कालभरी निरंकुश सामन्तबादको वरिपरि जनता र राष्ट्र गरिब बनाउने भयो त्यसपछि संसदीय ब्यबस्थाको सुरुवात भएको छ । त्यतिबेलादेखि सिङ्गो ब्यबस्था र सरकारलेनै दलाल पुजिबादको हितमा काम गरेको छ । आर्थिक उर्तिपुर्तिका कमिसन घुसखोर भ्रष्टाचारको सुरुवात भएको हो । गम्भीर भ्रष्टाचार कमिसनको कारण राष्ट्रमा गरिबी बेरोजगारी स्वास्थ शिक्षा गाँस बासको गम्भीर समस्या उत्पन्न भएको हो ।

भ्रष्टाचार भित्र लुकेका पात्र र प्रवृत्ति 

बाहिर यो र त्यो भ्रष्टचारी भनेर गम्भीर अध्यन गर्दा मुल प्रवृत्ति र सिस्टमनै भ्रष्ट छ भन्नेकुरा स्पष्ट छ । गोकुल बास्कोटा साना सिक्दै गरेका दलाल हुन । त्यो भन्दा कुख्यात दलाल सत्ताको वरिपरि बसेर सत्ताको रस स्वाद गरेकालाई बाहिर ल्याउन नदिन सिङ्गो राज्यको शक्ति दुरुपयोग गरेर सरकारले नै पोषित गरेको हुन्छ ।

जस्ले जति धेरै भ्रष्टाचार कमिसन मानव बेचबिखन तस्करी गर्‍यो । त्यो नै शासकको क्षामतावान नैतिकबान देखिन्छ । दलाल संसदीय ब्यबस्थाले राज्यको सम्पुर्ण शक्ति जनताको हितमा नराखेर दलाल खुपिया माफिया र भ्रष्ट शासकको अनुकूल बनाउने गर्दछ । न्यायाधीश कर्मचारी पुलिस अख्तियार सेना बिग मिडिया जस्ता सम्पुर्ण शक्तिलाई दुरुपयोग गरेर जनतालाई गाँस,बाँस,कपास, शिक्षा, स्वास्थ र रोजगारका चरम समस्या उत्पदन गरेर मुठ्ठीभर दलालले राज्य सन्चालन गर्ने ।

अन्ततोगत्वा जनस्तरबाट उठेका गुनासा कुन्ठालाई बन्दुक र बलमा तह लाउन फासिबादको मार्ग तयार गर्दछ । अहिले नेपालमा जुन कुरा भएको छ,यो सम्पुर्ण हिसाबले दलाल फासिबादको बाटोमा उद्दत छ । न्याय अख्तियार पुलिसलाई आफू अनुकूल बनाउने गरेका छन । सेनापनी सम्पुर्ण तरिकाले आफ्नो काबुमा राखे भने यो दलाल ब्यबस्थाका शासकले भ्रष्टाचार कमिसन बलात्कार ब्यभिचार गर्ने कुनैपनी अप्रादिका विरुद्ध जनताले बोल्यो ,भने सरकारलेनै बल प्रयोग गरेर दोषीलाई उन्मुक्ति दिने ब्यबस्थानै दलाल संसदीय ब्यबस्था हो ।

एकजना मन्त्रीले ७० करोड कमिसन बाहिर आउँदा त्यहीँ पात्रको मुख्य प्रधानमन्त्रीले मौन रहनु भनेको भ्रष्टाचार र कमिसनले सबैलाई छाडेको छैन । सबै मुछिएका छन भन्नेमा निर्बिबाद छ । जुन ध्यय उदेश्य लिएर निर्माण भएका राजनीति पार्टी र त्यसैको नेतृत्वमा बनेको सरकारका स्थानीय स्तरदेखी केन्द्रीय स्तरसम्म एकएक कमिसन घुस भ्रष्टाचारको दलदलमा फसेका छन । सरकार र प्रसासन कर्मचारी भ्रष्टाचारको गन्धले डङ्डङी गनाउदा सम्म ईमानदार कार्यकर्ता जनताले भने सरकार परिवर्तन नेतृत्वले परिवर्तनलाई समाधान खोज्नु गम्भीर भुल हुनेछ ।

अबको विकल्प र समाधान के हो ?

संसदीय ब्यबस्थाको विकल्पमा जनबादी ब्यबस्था या यहि दलाल संसदीय ब्यबस्थाभित्र पात्र परिवर्तनको विकल्प खोज्ने भन्ने गम्भीर बहसको बिषय हो । यतिबेला कथित नेकपाको सरकारको विकल्पमा काँग्रेस या त ओलि सरकारको बिकल्पमा प्रचण्ड माधब नेपाल झलनाथ पात्रको बारेमा पार्टीको कार्यकर्ताले र जनताले सोच्ने गरेको पाइन्छ । यो नै सबैभन्दा त्रुटिपूर्ण समस्या हुन्छ ।

हामीले पहिलोकुरा संसदीय ब्यबस्थाको सुरुवात काग्रेसको नेतृत्वमा भएको र सबैभन्दा राष्ट्रघात जनघात बेरोजगार त्यतिबेलाबाट सुरुवात भएको कुरा बिर्सनु हुदैन । त्यसपछि तत्कालीन एमाले एमाओवादी केन्द्रले संसदीय ब्यबस्थाको परिचालन गरेर यहासम्म पुगेको र एकपछी अर्को राष्ट्र घात जनघात बेरोजगारको चरम समस्या निम्तेको भुल्नु हुन्न । अब जनताको स्तरबाट एक असल नेपाली नागरिकको हैसियतले सोच्ने हो भने दलाल पुजिबादको अन्त्यका लागि संसदीय ब्यबस्था विकल्प होईन ।

यो पुर्न रुपमा असफल साबित भयो,भन्नेमा निर्बाध बहसको बिषय छ । दलाल पुजिबादले संसदीय ब्यबस्थालाइ नै दलाल बनाएको छ । त्यसैले यो दलाल संसदीय ब्यबस्थामा निर्माण हुने जुनसुकै बनुहारका प्रतिनिधि पात्रहरु दलालनै भएर सत्तालाई सन्चालन गर्ने भएको हुदा साम्राज्यवाद तथा दलाल पुजिबादको विरुद्धमा बैज्ञानिक तथा समाजबादी राज्य ब्यबस्था र सरकारको विकल्प खोज्नु अनिवार्य जरुरी छ ।

पुर्खेउली कम्युनिस्ट तथा काग्रेस बनेर मक्केको घिनलाग्दो संसदीय ब्यबस्थाभित्र प्रतिनिधि पात्रको बिकल्पले राष्ट्रिय स्वाधीनता सार्बभौमसत्ता र जनताको राज्यबयबस्था निर्माण हुने कल्पना गर्नु सधैभरी भ्रष्टाचार राष्ट्र घात जनघातका हजारौं समस्या उत्पादन गरिरहनु हो ।