समाचार Archive

इटलीका सेना प्रमुखलाई कोरोना भएको पुष्टि

काठमाडौं, इटालीका सेना प्रमुखलाई कोरोना भाइरस लागेको पुष्टि भएको छ । इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित सेनाप्रमुख फारिनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसका कारण ३६६ जनाले ज्यान गुमाइसकेका

सामूहिक बलात्कार कसूरमा चार युवकलाई जनही १० वर्ष कैद

सप्तरी, जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार

काठमाडौं भ्युटावरका ठेकेदार मनोज भेटवालले गरे आत्मसमर्पण

काठमाडौं,निर्माण क्षेत्रदेखि वित्तीय संस्थासँग ठगीको चक्रब्युह खडा गरी अर्बौं रुपैयाँ कुम्ल्याएर सुइँकुच्चा ठोकेका मनोज भेटवालले अन्ततः आत्मसमर्पण गरेका छन्। भेटवालले महानगरीय प्रहरी परिसर, टेकुमा आत्मसमर्पण गरेका हुन्। ७५ लाख रुपैयाँ ठगेको भन्दै चन्द्र तामाङले किटानी जाहेरी

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काठमाडौं । चीनबाट फैलिएको नोबेल कोरोना (कोभिड–१९) भाइरसबाट चार हजार भन्दा बढीको ज्यान गएको छ । सोमबार बिहानसम्म ४ हजार २७ जनाको मृत्यु भइसकेको छ । ११५ देशमा पुगेको कोरोनाका कारण २३ देशमा विरामीको मृत्यु भएको

होलीमा अभद्र व्यवहार गर्ने ६५ जना पक्राउ

काठमाडौं, प्रहरीले होलीमा अभद्र व्यवहार गर्ने ६५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले ७ जना महिलासहित ६५ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता

सुर्खेतमा १० लाख चोरीआरोपमा नाबालक पक्राउ

सुर्खेत,रु १० लाख ५० हजार चोरेको आरोपमा एक नाबालकलाई पक्राउ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्रहरीले आज ती नाबालकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार किटानी

कोरोनादेखि बचौ र बचाऔं भन्दै नेपालगन्जमा होली मिलन कार्यक्रम

नेपालगन्ज, बाँके नेपालगन्जमा होली मिलन कार्यक्रम गरिएको छ । होलीको पावन अवसरमा नेपाल युवा क्लव केन्द्रिय कार्यालय र नेपाल कपडा सिलाई व्यवसायी महासंघको सयुक्त आयोजनामा नेपालगन्जमा होली मिलन कार्यक्रम गरिएको हो । सदभाव सहितको होली कोरोना

स्कुटर सिकाई दिने बहानामा १४ वर्षीया किशोरीलाई बलात्कार

सुनसरी, सुनरीको धरानमा एक युवकले स्कुटर सिकाइ दिने बहानामा एक १४ वर्षीया किशोरीलाई जङ्गलमा लगेर बलात्कार गरेका छन् । आफन्तको संरक्षणमा बस्दै आएकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान–६ पानबारी बस्ने सन्तोष कार्कीलाई पक्राउ

युएईमा रहेका २ नेपालीमा पनि भेटियो कोरोनाको संक्रमण

काठमाडौं, युएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना युएई,

चितुवाको छाला सहित लिम्बु पक्राउ

ताप्लेजुङ,प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-५ वेतांगु बस्ने ५५ वर्षीय टुलबिर लिम्बुलाई चितुवाको छालासहित पक्राउ गरेको हो । उनको साथबाट २ थान चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।