मुख्य समाचार Archive

पछिल्लो २४ घण्टामा थपिए ३७४९ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार

काठमाडौंमा थपिए १९३५ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जना संक्रमित थपिएका छन् । यसअघि

२४ घण्टामा ३५६४ जनाले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३५६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८४ हजार ५१८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

काठमाडौंमा सिलिण्डर बिस्फोट, ११ जना घाइते
काठमाडौं , काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । बिहीबार दिउँसो नयाँ बजारको फलफूल चोकस्थित एक घरमा किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो । महानगरीय प्रहरी

भारतमा नेपालीलेनै नेपालीलाई लुटे
सुर्खेत, घर आउन हिडेका चारजना नेपाली युवा भारतमा लुटिएका छन । भारत किनौरको रिकाङ पिओ देखि साँझपखको गाडि चढेर ति चार युवा भारतको देहरादुन नजिकै लहाड पाउडा भन्ने स्थानमा लुटिएका हुन । उनिहरुको साथबाट मजदुरी गरेर

बाँकेमा आज ६४ जना डिस्चार्ज
बाँके,बाँकेमा कोरोना भाइरस संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या साढे १९ सय नाघेको छ । विहीबार थप ६४ जना डिस्चार्ज भएसँगै बाँकेमा भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ९ सय ६३ पुगेको हो । असोज

सोह्रखुट्टेमा ग्यास विष्फोट
काठमाडौँ, काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा ग्यास विष्फोट भएको छ । विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ । विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । घटनाबारे जानकारी

ट्रम्पका छोरा ब्यारोनलाई कोरोना संक्रमण पुष्टी
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ ।प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प सहित आफू र छोरा ब्यारोनलाई

नवनियुक्त तीन मन्त्रीले लिए सपथ
काठमाडौं, नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहन गरेका छन । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन्। प्रधानमन्त्री

गाउँपालिकाको केन्द्र सार्न खोजेको भन्दै अध्यक्षमाथि कुटपिट
बैतडी, बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ ।

