मुख्य समाचार Archive

कैलालीमा २५ वर्षीय युवकको घाँटी थिचेर हत्या
कैलाली, कैलालीको धनगढी उपमहानगरपालिका–७ मा एक युवाको हत्या भएको छ । २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । हत्या घटना अनुसन्धानका लागि प्रहरीले रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ

राजसंस्थाविना प्रजातन्त्र टिक्दैन : पूर्वराजा शाह
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताएका छन्। दसैँको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपालजस्तो मुलुकमा राजसंस्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्। देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै

उत्तर कोरियाली नेता किम जोङ उनले भने- अजेय सैन्य शक्ति निर्माण गर्छौं
काठमाडौं, उत्तर कोरियाली नेता किम जोङ उनले अजेय सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् । हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै किमले सैन्य शक्तिलाई अहिलेको भन्दा पनि शक्तिशाली बनाउने घोषणा गरेका हुन् । आफ्नो

रुपन्देही घटनाको दोषीलाई कानुनी कारबाही गर्न आयोगको आग्रह
काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेको छ। रुपन्देहीस्थित प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाको निष्पक्ष छानबिन गर्न आयोगले सरकारसँग माग गरेको

आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई विशेष पूजा गरिदै
काठमाडौं,आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा

नेपालगन्जबाट मुगु जाँदै गरेको बस दुर्घटना, चालकसहित ३२ को मृत्यु
काठमाडौँ, मुगुमा मंगलबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, ४ जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी ४ जनाको नेपालगन्जमा उपचारको क्रममा मृत्यु

वाईसिएल नेपालगन्जको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा इमाम खाँ
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकटको युवा सङ्गठन योङ कम्युनिस्ट लिग(वाईसिएल), नेपालको नेपालगन्ज उपमहानगरपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । आईतबार सम्पन्न वाईसिएल उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनले इमाम खाँको नेतृत्वमा ४५ सदस्यीय नगर समिति चयन

घट्यो सुनको मूल्य
काठमाडौँ, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन आइतबारको तुलनामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन

हटेन राष्ट्रियसभा बैठकको अवरोध
काठमाडौं, राष्ट्रियसभाको बैठक सदा झै आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरुद्ध कायमै राखेको छ । राष्ट्रियसभाको आजको बैठक प्रारम्भ हुने वित्तिकै एमालेका सांसदले उभिएर विरोध जनाएपछि सभा अध्यक्ष तिमिल्सिनाले नेकपा (एमाले) का मुख्य

नवरात्रमा पार्वतीबाट जन्म लिएकी स्कन्दमाताको पूजा आराधना
काठमाडौं, नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा

