जाडोमा यसरी गर्नुस् मुटुको हेरचाह

नत्र बढ्छ ‘हर्ट अट्याक’ को खतरा

एजेन्सी, जाडो मौसममा विभिन्न प्रकारका रोगहरु लाग्ने गर्छन् । चिसोले निम्त्याउने समस्याहरुमा एउटा मुटुसम्बन्धी समस्या पनि हो । एक अध्ययनका अनुसार जाडो मौसममा हर्ट अट्याक, हार्ट फेलियर र अर्थिमिया हुने सम्भावना पनि बढाउँछ ।

जाडो मौसममा हाम्रो शरीर र मुटुलाई शरीरको तापमान सन्तुलनमा राख्नका लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ । जसले गर्दा मुटुमा धेरै दवाव पर्न जान्छ । र, हार्ट फेलियरको सम्भावना बढ्न जान्छ ।

मुटु रोगीका लागि जाडो मौसम किन खतरनाक ?
स्वास्थ्य विशेषज्ञका अनुसार जाडोमा तापक्रममा गिरावट आउँछ र मनोवैज्ञानिक रुपमा शरीरलाई तातो राख्नुपर्ने संकेत प्राप्त हुन्छ । कम तापक्रमले स्यानु प्रणालीलाई सक्रिय राख्छ जसले गर्दा क्याटेकोलामाइनको स्तर बढाउँछ । यो रक्तकोशिकाहरुलाई संकुचित गर्न मद्दत गर्छ । यो सबै कुराहरुले मुटुका लागि खतरा बढाउँछ ।

अन्य कारण
स्वास्थ्य विशेषज्ञका अनुसार वायु प्रदुषण, शारीरिक व्यायाममा कमी, मानसिक दवाव, खानपानमा खराबी र मौसमका कारण भाइरल इन्फेक्सनको कारण मानिसमा हर्ट अट्याकको खतरा बढ्छ । जो व्यक्तिहरुको मुटु कमजोर हुन्छ, उनीहरुमा रोग लाग्ने सम्भावना बढी हुन्छ । मौसम खराब हुने कारण सबैभन्दा बढी समस्या श्वासप्रश्वासमा पर्छ । यसका साथै, फ्लु र निमोनिया जस्ता रोगहरु हुने सम्भावना जाडो मौसममा धेरै हुन्छ ।

कसरी मुटुलाई स्वस्थ राख्ने ?
स्वास्थ्य विशेषज्ञका अनुसार जाडो मौसममा तातो कपडा, मफलर, टोपी जस्ता कपडाहरु लगाएर शरीरलाई न्यानो राख्नुपर्छ । धेरै धुम्रपान र मदिरा पिउने बानीलाई हटाउनुपर्छ । योग, ध्यान, शारीरिक व्यायाम आदिलाई बढाउनुपर्छ । निन्द्रा पुग्नेगरी सुत्नुपर्छ । र, गुलियो फलफूल, सलाद आदि खानाको मात्रा बढाउनुपर्छ । स्वास्थ्य जाँच गराइरहनुपर्छ । र, स्वास्थ्य सम्बन्धी कुनै पनि प्रकारको समस्या आएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।