सुनथराली विमानस्थल सन्चालनका लागी पर्यटन मन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ मा निर्माणधिन अवस्थामा रहेको सुनथराली विमानस्थलको प्रगतिका बारेमा स्थलगत निरिक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई ध्यानाकर्षण पत्र बुझाएको छ।सनथराली विमानस्थल सरोकार समाजले बर्षौ देखि निर्माणाधीन अबस्थामा रहेको विमानस्थलको बारेमा सिंहदरबारस्थित मन्त्रालयमै पुगेर मन्त्री आलेलाई ध्यानाकर्षण पत्र बुझाएको बुझिएको हो ।

समाजका संयोजक धनराज वास्तविकको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले मन्त्री आलेलाई विमानस्थलको स्थलगत निरिक्षण गर्न, कामको प्रगतिका बारेमा बुझ्न, तत्काल विमानस्थललाई नियमित उडान भर्ने गरि निर्माणको काम अघि बढाउन र सम्बन्धित पक्षलाई निर्देशन दिन अनुरोध गरेको छ।

२०४२ सालदेखि निर्माणाधिन अवस्थामा रहेको विमानस्थलका बारेमा समाजले जानकारी गराएपछि मन्त्री आलेले ध्यानाकर्षण भएको र आफूले उक्त विमानस्थलको बारेमा बुझ्ने बताएका छन्। विमानस्थल सरोकार समाजका संयोजक वास्तविकसहित जगत बिष्ट, जनक शाही, उमेश योगीलगायतले मन्त्रीलाई भेटेर उक्त विमानस्थलका बारेमा गम्भीर बन्न अनुरोध गरेका छन्।