मुख्य समाचार Archive

रौतहटको गुजारा प्रहरीद्वारा हवाइ फायर

रौतहट । सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा दुवै पक्षबीचमा झडप हुदाँ प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो ।

चितवनमा मतपेटिका जलाउने प्रयास

चितवन । चितवनको राप्ती नगरपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताहरुले मतपेटिका जलाउने प्रयास गरेका छन् । आज (आइतवार) बिहान ८ बजेतिर राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदानस्थलमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउन प्रयास गरेका

आज राति १२ बजेदेखि सवारीसाधन चलाउन नपाइने

काठमाडौं । आज (शनिबार) राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएको छ । निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले १२ बजेदेखि गाडी चलाउन रोक लगाएको हो । आइतबार बिहानैदेखि मतदान रहेकाले निर्वाचन

निर्वाचन तयारी पूरा : आयोगले भन्यो, ‘आचारसंहिताको सुक्ष्म अध्ययन गरिन्छ’

काठमाडौँ । निर्वाचन आयोगले देशभर निर्वाचनका लागि खटिएका कर्मचारीहरुलाई मर्यादा कायम राखेर काम गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोलि (आइतबार) मतदान हुँदैछ । मतदान पूर्व शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार

एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ?

काठमाडौ । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा

धर्मेन्द्र बास्तोलाको विद्यार्थी सङ्गठनका नेता काठमाडौंबाट गिरफ्तार

काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी सङ्गठनका नेता गोबिन्द बिष्टलाई प्रहरीले गिरफ्तार गरेको छ। नेकपा (बहुमत) को भातृ सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय, क्याम्पस विशेष

रुपन्देही सीमामा सुरक्षा कडा

भैरहवा । आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय

नेपालगन्जको राँझामा ओभर ब्रीज निर्माण कार्य सुचारु

नेपालगञ्ज, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राँझा स्थित ओभर ब्रीज निर्माण कार्य सुरु भएको छ । केहि दिन अगाडि भारत नेपालको नाका जमुनाह देखी राँझासम्म हाइवेको स्तर उन्नति काम सुरु भएको थियो । एकपछी आर्को

विराटनगरमा शंकास्पद वस्तु फेला

मोरङ, विराटनगर–३ पुष्पमार्गमा आज (शनिबार) बिहान शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु बम हुनसक्ने आशंकामा सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका छन् । आज बिहान ७ बजे बजेतिर शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई

गोकुलेश्वर बजारमा भेटिएको प्रेसरकुकर बम सेनाद्वारा निस्क्रिय

बैतडी । बैतडी र दार्चुलाको सीमामा पर्ने गोकुलेश्वर बजार नजिकैको पुलमा भेटिएको प्रेसरकुकर बम डिस्पोज गरिएको छ । सो बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको हो । कुलेश्वर बजार नजिकैको पुलमा शुक्रबार राति भेटिएको प्रेसरकुकर