देश Archive
अब चैत १५ सम्ममा मेलम्चीको पानी काठमाडौं ल्याइने
मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो

छपकैयामा दिनदाहाडै भारतले सीमा मिचेको किन देख्दैन् सरकार ?
एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले पर्साको छपकैयामा नेपाली भुभाग भारतले मिचेको तथ्यसहितको प्रतिवेदन सार्वजनिक गरेका छन्। अनेरास्ववियु र अनेरास्ववियु ९कान्तिक्रारीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । प्रतिवेदनमा जंगेपिलर ३९१,

विशेष अदालतबाट चक्रे मिलनलाई सफाइ
विशेष अदालतले काठमाडौंका गुन्डा नाइके चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको अभियोगबाट सफाइ दिएको छ ।विशेष अदालतका सदस्यहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको इजलासले चक्रे मिलनसहित २ जनामाथि सम्पत्ति शुद्धीकरण विभागको आरोपमा दाबी नपुग्ने फैसला सुनाएको
सातै प्रदेशमा प्रमुख सचिव नियुक्त,को को नियुक्त भए ?
सरकारले सातै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ। निजामती कर्मचारीको प्रदेशको इन्चार्जको प्रमुखका रुपमा प्रमुख सचिव नियुक्त गरिएको छ। क्षेत्रीय प्रशासकलाई हटाएर प्रमुख सचिव नियुक्त गरिएको हो। उनीहरुले मुख्यमन्त्रीको कार्यालयमा काम गर्नेछन्। ६ जना सचिवलाई प्रमुख

उपत्यकासहित मध्य र पश्चिममा वर्षा, हिमाली क्षेत्रमा हिमपात
काठमाडौं उपत्यकासहित आज मध्य र पश्चिम क्षेत्रमा वर्षा भएको छ। सुदूरपश्चिमबाट मध्य क्षेत्रतिर सरेको पश्चिमी वायुको प्रभावले दिनभरजसो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल काठमाडौँ उपत्यकासहित मध्य तथा पश्चिम क्षेत्रमा पानी पर्नुका
भारतले नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर
भारतले नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । पर्साको वीरगञ्जमा नेपाली सीमा मिच्दै भारतले नयाँ सीमा स्तम्भ गाड्ने काम गरेको भन्दै रिट दायर गरिएको हो । अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा
निजी कलेजद्वारा लाखौं असुली, शुल्कमा मनोमानी
२१ लाख २२ हजार पाँच सय रुपैयाँ भौचरमार्फत चितवन मेडिकल कलेजको खातामा पठाएका उज्ज्वल भट्टराई एमबीबीएसमा भर्ना भइने भो भन्नेमा ढुक्क थिए। तर, अहिले उनी चिन्तामा छन्। पढ्न पाउने÷नपाउने के हो भन्दै उनी दुई दिनदेखि चिकित्सा

‘खुट्टाले हैन साहसले चढिन्छ सगरमाथा’
रोल्पा थबाङका हरि बुढामगरलाई बाल्यकालदेखि नै घरअघिको हिमालले लोभ्याउँथ्यो । त्यही लोभले उनमा सगरमाथा चढ्ने चाहना पलायो । १९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा दुवै
अब पाँच वर्षभित्र सबै सीमा स्तम्भ बनाइने
नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैको लागि सुल्झाउन आगामी ५ वर्षभित्र दुई देशको सीमामा सम्पूर्ण ‘सीमा स्तम्भ’ निर्माण गरिसक्ने भएको छ। नेपाल–भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल ८ हजार ५
नेपालको भूमि भारततर्फ नगएको सरकारको दाबी
सरकारले वीरगन्ज महानगरपालिकाको र्सिसिया क्षेत्रमा नेपालको भूभाग नमिचिएको बताएको छ । नापी विभागले भारत सरकारले ५० विघा नेपालीको जमिन मिचेको भन्ने चर्चाको खण्डन गरेको हो। नापी विभागले एक विज्ञप्ति जारी गर्दै २०४५ पछि स्थिर सीमा सिद्धान्त

