देश Archive

स्वास्थ्य सामाग्री खरिदको लागि तीनवटा कम्पनीसँग सम्झौता
काठमाडौं, कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामाग्री र उपकरण खरिदको लागि तीनवटा नीजि कम्पनीसँग सम्झौता भएको छ । स्वास्थ्य सेवा विभागले तीनवटा कम्पनीसँग सामाग्री चीनबाट ल्याउने गरी सम्झौता गरेको हो । पहिलो सम्झौतामा विवाद

१४ जनामा कोरोना पुष्टि भएसंगै, नेपालमा संक्रमितको संख्या ३० पुग्यो
काठमाडौं, नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२

उदयपुरको मस्जिदमा बसेका १२ भारतीयमा कोरोना संक्रमण
मोरङ,उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा लुकेर बसेका १२ जना भारतीय र ४ जना नेपालीहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको छ । उनीहरुको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएपछि थप

कोरोना कहरः राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड फिर्ता
काठमाडौं,राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । सरकारले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता भएको हो । कोरोनाभाइरसको कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालू आर्थिक

अलपत्र नागरिकलाई घरसम्म पुर्याइदिन सर्वोच्चको अन्तरिम आदेश
काठमाडाैँ, सर्वोच्च अदालतले विकल्पको अभावमा बाध्यतामा परेका र अहिले काठमाडौं लगायतका विभिन्न सहरी क्षेत्रबाट आफ्नो गाउँ जान पैदलै हिँडेकालाई गन्तव्यमा पुर्याइदिन सरकारलाई अन्तरिम आदेश दिएको छ। केहीदिन अघि वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहित केही वकिलहरूले दायर गरेको

चीनबाट औषधि र उपकरण लिएर काठमाडौं पुगे दुई वाइडबडी
काठमाडाैँ, कोरोना महामारी नियन्त्रणका लागि चीनबाट औषधि तथा स्वास्थ्य उपकरण लिएर दुईवटा जहाज आज (शुक्रबार) बिहानै काठमाडौं आइपुगेका छन्। चीनको ग्वाङ्जाओबाट उडेका नेपाल वायु सेवा निगमका दुई वाइडबडी जहाजमध्ये एउटा बिहान ७ बजे र अर्को सवा

बैंगलोरबाट आएको २४ दिनपछि एक युवतीमा देखियो ‘आरडीटी पोजेटिभ’
मोरङ्ग, भारतबाट २४ दिनअघि फर्केर होम क्वारेन्टाइनमा बसेकी मोरङ्गकी एक युवतीको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) नतिजा पोजेटिभ देखिएको छ । बिहीबार गरिएको आरडीटी परीक्षणमा मोरङ्गको बुढीगंगा गाउँपालिका–१ कि २७ वर्षीया युवतीमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको हो

सीमामा अलपत्र नेपालीलाई फर्काउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ , सर्वोच्च अदालतले सीमावर्ती क्षेत्रबाट नेपाल फर्किन खोजेका प्रवासी नेपालीहरुलाई क्वारेन्टाईनको शर्तसहित व्यवस्थित रुपमा घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले उनीहरुलाई फिर्ता

नेपाल-भारत सीमामा ८ हजार बढी सशस्त्र परिचालन
काठमाडौँ, सरकारले लकडाउन उलङ्घन हुन नदिन भारतीय सीमा नाकामा ८३८३ सशस्त्र प्रहरी खटाएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि भारतीय सीमा नाकामा सशस्त्र प्रहरी खटाइएको हो । ७ वटै प्रदेशस्थित बाहिनी मुख्यालय तथा त्यस मातहतका

भारतीय क्वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर पुर्याउन गृहको निर्देशन
काठमाडौँ, गृह मन्त्रालयले भारतको क्वारेन्टाइनमा रहेका शैल्यशिखर नगरपालिका–१, दार्चुलाका वासुदेव भट्टलाई आमाको मृत्युसंस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको छ । आमाको मृत्यु भएपछि भट्ट दार्चुलापारि भारत सरकारले बनाएको क्वारेन्टाइनमै किरिया