मन्त्रिपरिषद् बैठकद्वारा नेपालको नयाँ नक्सा पारित

अतिक्रमित भूमि समेटियो नेपालको नक्सामा

काठमाडाैँ, सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर तयार पारेको नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को केहीबेर अघि सम्पन्न बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा पारित गरेको हो।

१८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ ।  संघीय संसदका संसदीय समितिहरूले पनि सबै नेपाली भूभाग समेटेको नक्सा छाप्न पटकपटक निर्देशन दिएका थिए।

सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो । घोषणा गरेको ४ दिनमा सोमबारको मन्त्रिपरिषद बैठकले नयाँ नक्सा प्रकाश गर्ने निर्णय गरेको छ ।