थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितक संख्या ४०२

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो।

त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्।

आज थपिएका मध्ये २४ पुरूष र तीन महिला छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।