देश Archive

नेपालमा थप २७० जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप २७० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको

अनुसन्धानका जवान मृत अवस्थामा खेतमा भेटिए

बाँके, राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचक मृत फेला परेका छन् । प्रहरीले प्रविन थापा मगर कारकाँदो पूर्व खेतमा मृत फेला परेको जानकारी दिएको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक

देश भ्रष्टाचार व्याप्त छः वामदेव गौतम

काठमाडौँ, राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलोपटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका हुन् ।

झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु

गुल्मी, ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको छ ।घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

शनिबार कांग्रेसले ७५३ स्थानीय तहमा सरकारबिरुद्ध प्रदर्शन गर्ने

काठमाडौं, नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध ९शनिबार० देशभर प्रदर्शन गर्ने भएको छ । देशका ७५३ स्थानीय तहमा सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शनमा उत्रिन सभापति शेरबहादुर देउवाले नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार जारी गरिएको एक

जेलब्रेकको स्मरण गर्दै सुदिपले गरे सुर्खेत कारागारलाई पुस्तक हस्तान्तरण

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेत कारागारमा रहेका कैदि बन्दीलाई भक बहादुर मल्ल (सुदिप) लगायत तिन जनाले पुस्तक हस्तान्तरण गरेका छन् । २०५७ र ५८ तिरको जेल बसाईको क्रममा संघर्ष गरेर स्थापना गरेको पुस्तकालयलाई आज जेलब्रेकको स्मरण

राष्ट्रिय उद्धार कार्यक्रम मेचि-महाकाली यात्रा सुर्खेतमा सम्पन्न

सुर्खेत, बिरेन्द्रनगर सुर्खेतमा राष्ट्रिय उद्धार कार्यक्रम (मेचि- महाकाली) यात्रा सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय सुर्खेत, शिक्षा विकास निर्देशनालय र मानव सेवा आश्रम सुर्खेतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।बिरेन्द्रनगर नगरपालिकाको मंगलगढि चौकमा राष्ट्रिय

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरबीच भेटवार्ता भएको छ । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन पुगेका मन्त्री ज्ञवाली र भारतीय समकक्षीबिच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि भेटवार्ता भएको थियो ।

लागुऔषध कारोवारी तीन जना पक्राउ

ताप्लेजुङ, लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ(लिम्बू), फुङलिङ नगरपालिका–९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने ३३ वर्षीया कल्पना गुरुङ

किर्गिस्तानका दुई हेलिकोप्टर त्रिभुवन विमानस्थलमा अवतरण

काठमाडौं, विशेष अनुरोधपछि अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट पार्किङ गर्न दिइएको किर्गिस्तानको हेलिकोप्टरका दुई चालकहरु नै बेपत्ता भएका छन् । बेपता भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुबीच हल्लखल्ली नै मच्चिएको छ । किर्गिस्तानका नागरिकहरु क्याप्टेन