जेलब्रेकको स्मरण गर्दै सुदिपले गरे सुर्खेत कारागारलाई पुस्तक हस्तान्तरण

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेत कारागारमा रहेका कैदि बन्दीलाई भक बहादुर मल्ल (सुदिप) लगायत तिन जनाले पुस्तक हस्तान्तरण गरेका छन् । २०५७ र ५८ तिरको जेल बसाईको क्रममा संघर्ष गरेर स्थापना गरेको पुस्तकालयलाई आज जेलब्रेकको स्मरण गर्दै पुस्तक हस्तान्तरण गरिएको हो । शुक्रबार एक अनौपचारिक कार्यक्रमका बिच पुस्तक हस्तान्तरण भएको थियो ।

कार्यक्रममा २०५८ साल माघ ०२ गते सुर्खेत जेलबाट ३० जनाले सुरूङ्ग खनेर जेल मुक्त्तभई सफलता हासिल गरेको एक ऐतिहासिक दिनको सम्झना गर्दै जेल ब्रेकर मध्यका मुख्य योजनाकार मल्लले बिगत सम्झिदै भावुक समेत भएका थिए ।  कमरेड सुदिपले भने आफुसंग जेलमुक्त भएका केहि साथिहरु जनयुद्धकालमै शहिद भएको , केहि साथिहरुको जनयुद्ध पश्चात निधन भएको र अहिले केहि साथिहरु वाँकि रहेको बताए । कार्यक्रममा उक्त योजनाको सफल नेतृत्व तथा बैज्ञानिक योजनाकार कमरेड सुदिप मल्ल , देविराम देवकोटा लगायत तिन जनाको उपस्थिती रहेको थियो । प्रगतिशिल धारमा लिखित पुस्तकहरुले कैदिबन्दीहरुको मनोवल उच्च बनाउने पनि बताएका छन् ।क. सुदिप भन्छन् जेलब्रेक गरेको १९ वर्षपछि अर्थात् २०७७ माघ २ गते कारागार सुर्खेतलाई आफु लिखित पुस्तक हस्तान्तरण गर्न पाउदा आफु निकै खुशि भएको बताए । जेलबाट सुरुङ खनेर निस्केको दिन, तत्कालीन शासन-सत्ता बिरुद्ध आवाज बुलन्द गर्ने आस्थाका बन्दीहरुले आजादी प्राप्त गरेको दिन , इतिहासमा बिरलै मान्छेले प्राप्त गर्ने उनिहरुको भनाई थियो । झक बहादुर मल्ल (सुदिप) हाल नेकपाको केन्द्रिय सदस्य समेत रहेका छन । भने अन्य  जेलब्रेकरहरु पनि नेकपा मै आबद्ध रहेका छन् ।