देश Archive

वामदेवको एकता अभियानमा १५५१ केन्द्रिय सदस्य रहने

काठमाण्डौ, पार्टी विभाजनपछि कतै नलागि एकता अभियान संचालन गर्ने घोषणा गरेका वामदेव गौतमले माक्र्सवाद–लेनिनवाद र जनताको वहुदलिय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाउने स्पष्ट पारेका छन् । त्यही अनुसार तयार पारिएको दस्तावेज छपाईको काम अहिले चलिरहेको छ । एकसाता

खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय

प्रतिनिधिसभा विघटन भएको एक महिना पूरा भएको छ । यसबीचमा संसद्को उपल्लो सदन राष्ट्रियसभा पनि निष्क्रिय छ । प्रतिनिधिसभा विघटनपछि देखिएको दलीय ध्रुवीकरणले राष्ट्रियसभाको काम प्रभावित बन्न पुगेको छ । प्रतिनिधिसभा विघटनसँगै कानुन निर्माणका क्रममा केही

प्रधानमन्त्रीबाट न्यायपालिकामाथि हस्तक्षेपको प्रयास भएको आरोप

काठमाडौं,  सर्वोच्च अदालतमा बुधबार बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको बताएका छन् ।प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका क्रममा रिट निवेदक अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा भाषण

कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने

काठमाडौं,सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्‍याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनामा खटिनेहरु रहेको

जग्गा कीर्ते प्रकरणमाः अधिकृत र नासु पक्राउ

काठमाडौं, उद्योगका मन्त्रालयका अधिकृत र कलंकी मालपोत कार्यालयका नासुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जग्गाधनीलाई थाहै नदिई जग्गा विक्री गरेको प्रकरणमा अधिकृत विनोद दाहाल र नासु नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो

नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३१८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको

नेपाली लोकगीतमा प्रगतिशीलता विषयक अन्तक्रियात्मक गोष्ठि हुँदै

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाली लोकगीतमा प्रगतिशीलता भन्ने विषयमा अन्तक्रियात्मक विचार गोष्ठि हुने भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा र हर्कबहादुर शाही स्मृति फउण्डेसनको सह-आयोजनामा २०७७ माघ ९ गतेका दिन सुर्खेतको वीरेन्द्रनगरमा रहेको

रासायनिक मल कारखाना स्थापना सम्बन्धी गृहकार्य सुरु

काठमाडौं, नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि तयारी सम्बन्धी गृहकार्य सुरु गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बसेको बैठकमा

अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने

काठमाडौं, आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा

संसद् विघटनविरुद्ध नेकपाको मोटरसाइकल र्‍याली

काठमाडौं, नेकपा प्रचण्ड–माधव पक्षले संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली गरेको छ । प्रचण्ड–माधव पक्षले निकालेको मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको छ ।