नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि

कोरोनाबाट थप ६ जनाको मृत्यु

काठमाडौँ, नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३१८ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।पछिल्लो २४ घण्टामा ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६२ हजार ६४२ स‌ंक्रमणमुक्त भएका छन् ।

आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ७५ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।