Author Archive

चीनको यान मङ्गल ग्रहमा अवतरण

बेइजिङ,चीनले पठाएको एउटा यानले रातो मङ्गलग्रहमा अवतरण गरेको छ।चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन सीएनएसएले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गलग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको थियो। राष्ट्रपति सी चिनफिङले चिनियाँ वैज्ञानिकहरुको सफलताका लागि शुभकामना समेत दिएका छन्।

अक्सिजन ल्याउन नेपाल एयरलाइन्सको विमान ओमान प्रस्थान

काठमाडौं,अक्सिजन सिलिन्डर ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ओमानतर्फ प्रस्थान गरेको छ। ५६० थान अक्सिजन सिलिन्डर ल्याएर उक्त जहाज शनिबार साँझ साढे ६ बजे काठमाडौं आइपुग्ने भएको छ।ती सिलिन्डरलाई गैरआवसिय नेपाली संघ र मस्कटस्थित नेपाली

जसपाको उपेन्द्र–बाबुराम पक्षले बोलायो कार्यकारिणी बैठक

काठमाडौं,जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठक तय गरेको छ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा यो पक्षले बैठक तय गरेकोको हो। कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले राष्ट्रिय राजनीतिमा देखिएको पछिल्ला घटनाक्रमबारे छलफल गर्न

काठमाडौँको वीर अस्पतालमै अक्सिजनको अभाव

काठमाडौं,वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन। सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोरानाका सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरेतापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको जानकारी दिएको छ। अस्पतालका निर्देशक डा शान्ता

रातो मच्छिन्द्रनाथको रथ तानिँदै

काठमाडौं,रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्नतिर तानिँदै छ।पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पुर्याइने ज्यापू समाजका अध्यक्ष

नेपालबाट कोरोना भित्रिने भन्दै चीनद्वारा सगरमाथा आरोहण स्थगित

काठमाडौँ,चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ । नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो।नेपाली मोहडाबाट चीनमा संक्रमण भित्रिन सक्ने भन्दै आरोहण स्थगित

काँग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक

काठमाडौं,नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोरोना संक्रमणबाट निधन भएको छ। शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित

आफूपक्षीय नेतासहित ओली र नेपालबीच सिंहदरबारमा वार्ता

कार्यदल बनाएर पार्टीको आन्तरिक विवाद टुंग्याउन सहमत भएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो दिन पनि भेटवार्ता भइरहेको छ । कार्यदल सदस्यसहित ओली र नेपालबीच शुक्रबार साँझदेखि सिंहदरबारमा छलफल

जसपाको बहुमत पक्षद्वारा संसदीय दलको नेतामा महतो चयन

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा)को बहुमत पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको छ। भक्तपुरको एक रिसोर्टमा बिहीबार बसेको जसपाका सांसदहरुको भेलाले महतोलाई संसदीय दलको नेता चयन गरेको एक सांसदले बताए। उनका अनुसार भेलामा १८

कोभिड-१९ सँग सामना गर्ने बजेट आउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं, पुनर्नियुक्ति पाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट आउने बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार पदबहालीपछि अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान