जसपाको बहुमत पक्षद्वारा संसदीय दलको नेतामा महतो चयन

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा)को बहुमत पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको छ।

भक्तपुरको एक रिसोर्टमा बिहीबार बसेको जसपाका सांसदहरुको भेलाले महतोलाई संसदीय दलको नेता चयन गरेको एक सांसदले बताए। उनका अनुसार भेलामा १८ जना सांसद सहभागी थिए।

तपाई संसदीय दलको नेता बन्नुभएको हो भन्ने प्रश्नमा वरिष्ठ नेता महतोले आफूलाई संसदीय दलको नेता चयन गर्ने सहमति पार्टी एकताकै क्रमम भएको संक्षिप्त प्रतिक्रिया दिए।

प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा रहेका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतोले बिहीबार आफ्ना सांसदहरुलाई भक्तपुर पुर्याएका थिए।

जसपाकै संघीय परिषद अध्यक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव भने प्रधानमन्त्री ओलीलाई हटाउने पक्षमा थिए। ठाकुर र महतो तटस्थ बसेकै कारण ओली दोहोरिन सम्भव भएको हो।