Author Archive

दिल्लीमा प्रदर्शनका क्रममा प्रहरीका ‘हेड कन्स्टेबल’को मृत्यु

नयाँ दिल्ली, भारतमा विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा राजधानी नयाँ दिल्लीमा भारतीय प्रहरीका एकजना हेड कन्स्टेबलको ज्यान गएको छ । दिल्लीको यमुनापार क्षेत्रमा भएको हिंसामा प्रहरीका हेड कन्स्टेबलको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

फेवा तालमा डुंगा डुब्दा १ जना बेपत्ता

पोखरा, पोखराको फेवातालमा डुंगा डुब्दा १ युवक बेपत्ता भएका छन् । खपौंदी क्षेत्रमा डुंगा डुब्दा काठमाडौं महानगरपालिका–१२ घर भएका २५ वर्षीय सुमित लुइँटेल बेपत्ता भएका हुन् । प्रहरीका अनुसार डुंगामा ३ जना सवार रहेकामा अन्य २

४० हजार घुससहित सव-इन्जिनियर पक्राउ

कास्की,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार ५ सय घुससहित एक जना सव-इन्जिनियरलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिकामा कार्यरत सव-इन्जिनियर नवलेस कुमार रौनियारलाई पक्राउ गरेको हो

ट्रम्पको सुरक्षाका लागि पाँचवटा लंगुर

नयाँदिल्ली,भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि भारतीय प्रहरीले लंगुर तैनाथ गरेको छ। प्रेमको प्रतीक मानिने ताजमहल हेर्न आउने भएपछि ट्रम्प दम्पत्तिको सुरक्षाका लागि भारतीय प्रहरीले लंगुर तैनाथ गरेको हो। सोमबार मध्यान्ह ट्रम्प पत्नीसहित

सुनको मूल्यले रेकर्ड तोड्यो , तोलामा ८० हजार

काठमाडौं,पहेँलो धातु सुन इतिहासकै सबैभन्दा महँगो भएको छ । सोमबार तोलाको ८० हजार ३ सय पुगेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो । सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावल सुनको मूल्य तोलाको ८० हजार ३

इजरायली क्षेप्यास्त्रबाट सिरियामा ६ को मृत्यु

जेरुसलेम, गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ । युद्ध अनुगमन गरिरहेको एक संस्थाका अनुसार इजरायलमाथि जिहादी समूहले क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले

ट्रम्पको भाषण सुन्न अहमदावादमा हजारौं मानिस भेला

अहमदावाद,भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतका लागि गुजरात राज्यको अहमदावाद शहरमा हजारौं मानिसहरु भेला भएका छन् । एअरफोर्स वान विमानबाट अहमदावाद विमानस्थल ओर्लिएका ट्रम्प तथा प्रथम महिला मेलानिया ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री आफैं

४ शेर्पाले पाँच दिनमा सगरमाथा आरोहण गर्ने

काठमाडौँ  चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको आरोहण गर्ने भएका छन् । संखुवासभा मकालु गाउँपालिकाका चार जना हिमाल आरोही शेर्पाहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्वकै रेकर्डमा सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्न लागिएको जानकारी गराएका

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्‍ने पक्राउ

काठमाडौं ,पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने चारजना विद्यार्थी नेताहरु पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमल्सिना र प्रवास भट्टराई रहेका छन्। निवर्तमान सञ्चारमन्त्री गोकुल

मलेसियाका प्रधानमन्त्री महाथिरद्वारा पदबाट राजीनामा

क्वालालम्पुर, मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् । पछिल्लो केही समयदेखि जारी राजनीतिक रस्साकस्सीका बीच सोमबार दिउँसो महाथिरले पदबाट राजीनामा दिएका हुन् । स्थानीय समायानुसार उनले सोमबार दिउँसो १ बजेतिर राजदरबारमा आफ्नो राजीनामा पत्र