फेवा तालमा डुंगा डुब्दा १ जना बेपत्ता

पोखरा, पोखराको फेवातालमा डुंगा डुब्दा १ युवक बेपत्ता भएका छन् । खपौंदी क्षेत्रमा डुंगा डुब्दा काठमाडौं महानगरपालिका–१२ घर भएका २५ वर्षीय सुमित लुइँटेल बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार डुंगामा ३ जना सवार रहेकामा अन्य २ जनाको भने उद्दार गरिएको छ । काठमाडौंबाट पोखरा घुम्न गएका युवाहरुले आफैं चलाउने भन्दै फेवातालमा डुंगा लगेका थिए ।

उद्दार गरिएकामा काठमाडौं–१२ कै सुविन चालिसे र रुपेश अधिकारी छन् । बेपत्ता भएका युवकको भने सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी तीब्र पारेको छ ।