४ शेर्पाले पाँच दिनमा सगरमाथा आरोहण गर्ने

काठमाडौँ  चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको आरोहण गर्ने भएका छन् ।

संखुवासभा मकालु गाउँपालिकाका चार जना हिमाल आरोही शेर्पाहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्वकै रेकर्डमा सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्न लागिएको जानकारी गराएका हुन् । आठपटक सगरमाथाको सफल आरोहण गरेका आरोही तथा पर्यटन व्यवसायी टासिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको टोली सोमबार नै आरोहणका लागि सगरमाथा तर्फ लागेको छ ।

आरोही टासिलाक्पाले भ्रमण वर्षलाई लक्षित गर्दै विश्वका आरोहीहरुको ध्यान नेपालमा खिच्न विन्टर सिजन अर्थात जाडो सिजनमा समेत छोटो अवधिमा हिमाल आरोहण गर्न लागिएको बताए । उनले यो सिजनमा हिमाल आरोहण उपयुक्त नभएपनि निकै छोटो समयमा हिमाल आरोहण गरी विश्वसामु नेपालको नाम चिनाउन र पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा सहायोग पु¥याउन खोजिएको बताए ।

आरोही शेर्पाले जाडो मौसममा हिमाल आरोहण विश्वमा विरलै हुने गरेको र यसअघि सन् १९८० र सन् १९९३ मा विदेशीहरुले यस्तो आरोहण दुई महिना लगाएर गरेको बताए । तर यसपटक आफूहरुले यही फेब्र्ुअरी २९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्य लिएको बताए ।