कोहलपुरका मेयर रावतलाई ‘क्रेटा कार’ उपहार

कोहलपुर,नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी)ले कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतलाई क्रेटाकार उपहार दिएको छ।

कोरोना महामारीको समयमा कोहलपुर नगरपालिकाले महंगो मूल्यमा कार खरिद् गरेको विरोधमा संगठनले आइतबार नगरप्रमुख रावतको कार्यकक्षमै गएर सांकेतिक विरोध स्वरुप ‘क्रेटा कार’ उपहार दिएको हो।संगठनका कोहलपुर नगर कमिटी संयोजक लक्ष्मण मानवले प्रमुख रावतलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।

स्थानीय सरकार सञ्चालन ऐन नियम, कानुन तथा जनभावना विपरित नगरपालिकाले लाखौँ मूल्य बराबरको ‘क्रेटा कार’ खरिद् गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उक्त पत्रमा उल्लेख गरिएको छ।साथै अहिले सम्म कोहलपुरमा एउटा पनि एम्बुलेन्स छैन । तर लाखौँ मूल्य बराबरको कार खरिद् गरिएको छ । यस्तो हदैसम्मको घृणित कार्यप्रति नगरपालिकालाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ। र याे पनि कोहलपुर नगरपालिकाको नयाँ क्रेटाले मच्चायो रडाको

यस्तो छ ध्यानाकर्षण पत्र