कोहलपुर नगरपालिकाको नयाँ क्रेटाले मच्चायो रडाको

चुपचाप मेयर र कार्यकारी तर उपमेयर भन्छिन मलाई उल्लु बनाइयो

नेपालगन्ज, पछिल्लो समय बाँकेको कोहलपुर नगरपालिकाले खरिद गरिएको नयाँ गाडी बिवादमा आएको छ। नगरपालिकाका मेयर र कार्यकारी अधिकृतको लागि भनेर खरिद गरिएको होण्डाई कम्पनीको ५० लाख मूल्य पर्ने क्रेटा गाडीको बिषयलाई लिएर ब्यापक बिरोध भएको हो।

कोरोना महामारीका बेला बिरामीलाई अस्पतालसम्म पुर्याउनलाई नगरपालिकासंग एम्बुलेन्स छैन् तर एम्बुलेन्स खरिद गर्नुको साटो मेयर र कार्यकारीको बिलासीको लागि ५० लाखको गाडी किनिएको भन्दै सामाजिक सन्जाल लगायत चौतर्फी रुपमा यसको चर्को बिरोध भएको छ।

नगरपालिकासंग पहिल्यैदेखी नै प्रयाप्त सवारीसाधन हुदाहुँदै बिलासिताको लागि फेरी पनि नयाँ सवारी किनेर जनप्रतिनिधी तथा कर्मचारीले सरकारी कोषको दुरुपयोग गरेको स्थानीयको आरोप लगाएका छन।

शुक्रबार बिहानै नेपाल सरकारका पुर्व सचिब भिम उपाध्यायको फेसबुक वाल मार्फत नगरपालिकाले किनेको उक्त क्रेटा गाडीको बिषयमा तस्बिर सहित सार्बजनिक हुने बित्तिकै उक्त बिषय दिनभर चर्चाको रुपमा रह्यो।

कार्यालयले खरिद गरेको उक्त गाडीको बिषयलाई लिएर नगर उपमेयर सन्जु कुमारी थारुले यो बिषयमा आफ्नो कुनै संलग्नता नभएको बताएकी छन् । उनले नगरपालिकाका कुनैपनि निर्णय आफु अनुकुल नभएको भन्दै गुनाशो समेत ब्यक्त गरेकी छन । उनले भनेकी छन मलाई जानकारी नदिई उल्लु बनाइएको छ यो गलत छ ।

शुक्रबार साझ सामाजिक सन्जाल फेसबुक मार्फत एउटा स्टार्टस लेख्दै कार्यालयले किनेको क्रेटा गाडी प्रती असन्तुष्टि जनाएकी हुन । उनले बिगत देखी नगरपालिकको हरेक कामकारबाहीमा मेयरले आफु अनुकुल मनोमानी निर्णय गर्दै रुपमा बहुमतको धवाँस दिएर निरन्तर रुपमा आफुलाई किनारा लगाउदै काम गर्ने गरेको गुनासो गरेकी छन।

सधैं बहुमतकै किनारा गरियो, आफू अनुकुलका मान्छे भित्राइयो, पेश भए भन्दा मनोमानी कार्यक्रम र निर्णय लेखियो, हामी एम्बुलेन्स भन्दै चिच्याइरहयौ तर बिलासी क्रेटा भित्राइयो, उनले भनिन ।

साथै उपमेयर थारुले गएको नगरसभाको निर्णय ४ महिनाको समय बितिसक्दा पनि नलेखिएको बताएकी छन। उनले नगर सभामा सर्वसम्मत पास भएका एजेण्डाको निर्णय नै नलेखी निरन्तर बहुमतको धम्की सुन्नु परेको बताएकी छन।

नगरसभामा एम्बुलेन्स किन्ने एजेन्डामा छलफल हुन्छ र सर्वसम्मत पास भएर पनि बजेट बिनियोजन भएको बताउदै पछि रकामान्तर भएर भत्ता र सेवा सुबिधामा रकम वृद्धि गरिएको आरोप लगाएकी छन् । साथै उनले बर्सेनि कार्यालयको प्राङ्गण स्तरउन्नतीको नाममा भएको लाखौं खर्च भएको बताएकी छन।

कार्यालयकोको प्राङ्गणमा बर्षेनी स्तर उन्नतिको नाममा लाखौं खर्च हुन्छ , ५०औँ लाख पर्ने क्रेटा भित्र्याइन्छ । मेयर साबलाई एम्बुलेन्स खरिदको छलफल कहाँ पुग्यो भन्दा एम्बुलेन्स किन्दा भन्सार कर छुट हुदैन महँगो पर्छ भन्ने जवाफ सुन्न पाइन्छ। आज कोरोनाको बिकराल परिस्थिति बनेको छ, नागरिकको लागि क्रेटा कति उपयोगी र सस्तो भएको छ रु कसैको संरक्षण नभै कसैले लाखौंको कार किन्ने हिम्मत गर्न सक्दैन । आम नागरिकको प्रश्न छ उपमेयरको असहमति कहाँ छ रु निर्णय नै लेखिएको छैन । हाम्रो असहमति कहाँ लेख्ने रु बास्तबिकता यहि नै हो, उनले भनिन ।

तातियो समाजिक सञ्जाल फेसबुकमा बिरोधको ओइरो