गणतन्त्रका लागि लडेका एक योद्धा जसले भेरीमा हामफलेर आत्महत्या गरे

सन्दर्भ १३ औँ गणतन्त्र दिवस

डोल्पा, देशले १३ औँ गणतन्त्र दिवस मनाई रहदा गणतन्त्रको लागि लामो समय लडेका जेल जिवन बिताएका डोल्पाका पुराना जनयुद्धका अगुवा नेता लोकबहादुर चलाउने (बबर)ले भेरीमा हामफलेर आत्महत्या गरेका छन । बुधबार त्रिपुरा सुन्दरी नगरपालिका ६ मा भेरीमा हाम फालेर आत्महत्या गरेका हुन ।

जनयुद्धको सुरुवात देखि नै पुर्णकालिन कार्यकर्ता भएर हिडेका बबर सुर्खेत जेल ब्रेकका एक हुन । सबै सम्पती पार्टीकरण गरेर सुकुम्बासी भएका बबर बिरामी समेत थिए ।

उपचारको लागि केहिसमय अगाडि कर्णाली प्रदेश सरकारसंग अनुरोध समेत गरेका थिए । तर उनलाई प्रदेश सरकारले बेवास्ता गरेको थियो । उमेरले ६० पार गरेका बबर बुधबार भेरीमा नदिको किनारमा कपडा लठी लगायतका सामान किनारमा राखेर हाम फालेको स्थानीयले बताएका छन । उनि पछिल्लो समय निक्कै उतारचढाबमा रहेको समेत बताइएको छ । उपचारको लागि कर्णाली प्रदेश सरकारसंग अनुरोध गर्दा समेत नगरेका कारण बिक्षिप्त भएको बताइएको छ ।

लामो समय शारीरीक हिसाबले बिरामी परेका चलाउनेको केहि समय अगाडि श्रीमतीको निधन भएको थियो । श्रीमतीको निधनपछि उनि छोरीको घरमा बस्दै आएका थिए । उनका दुइवटी छोरी डोल्मा र शान्ति रहेका छन ।

 सांसद तथा नेकपाका नेता मायाप्रसाद आचार्यले लोकबहादुर चलाउनेलाई गणतन्त्र दिवसको अबसरमा यसरी सम्झेका छन ।

बर्गसंघर्ष, जनयुद्धको थालनी देखि जेल,नेल,यातना,सम्पतिको पार्टीकरण,जनआन्दोलनमा सहभागी भई गणतन्त्रको सस्थापना ठुलो योगदान गरेका कमरेड बबरले झै अब छाना,खाना,लाउन नपाएर भेरी नदिमा हामफालेर मर्नु नपरोस १३ औं गणतन्त्र दिवसको अवसरमा सबैमा भब्य शुभकामना ।।।

रहेनन् पुराना डोल्पाली कामरेड बबर ! जो सुर्खेत जेल ब्रेकका एक थिए