रहेनन् पुराना डोल्पाली कामरेड बबर ! जो सुर्खेत जेल ब्रेकका एक थिए

यसरी सम्झे सहयात्रीले

डोल्पा,  डोल्पाका पुराना जनयुद्धका अगुवा नेता लोकबहादुर चलाउने (बबर )को निधन भएको छ । बुधबार त्रिपुरा सुन्दरी नगरपालिका ६ मा भेरीमा बगेर उनको निधन भएको हाे । भेरीमा नुहाउन गएको बेला बगेको स्थानीय माेहन  बोहोराले जानकारी दिए । बाेहराका अनुसार  उनि लामो समयदेखि बिरामी समेत थिए । बाेहराले भने उहाँ नुहाउन पनि एक्लै जानु भएछ, लामाे समयसम्मा घर नआएपछि खाेज्न जाँदा किनारामा कपडा र लठ्ठि भेटिएकाेले  नहुाउन गएकाे बेला बगेकाे आशंका गरिएको छ । 

चलाउनेले उपचारकाे लागि कर्णाली प्रदेश सरकारसंग अनुराेध समेत गरेका थिए । तर प्रदेश सरकारले उनको माग सुनुवाइ गरेकाे थिएन ।

लामो समय शारीरीक हिसाबले बिरामी परेका चलाउनेको केहि समय अगाडि श्रीमतीको निधन भएको थियो ।  उनि डोल्पाको जनयुद्धको अगुवा कार्यकता थिए । साथै सुर्खेत जेल ब्रेकका एक थिए ।

यसरी सम्झे सहयात्रीले

बबरलाइ उनका सहयात्री तथा युवा नेता  सुर्खेतका जेल ब्रेकरका  सहयोद्धा सुदिप मल्ले यसरी सम्झेका छन । 

जिल्लाको, एउटा बहादुर योद्धा, सुर्खेत जेल बसाईमा हाम्रो अभिभावक, जेल ब्रेकको सहयात्री । उसले परिर्वतनको लडाइमा निकै ठूला योगदान दियो । उसले व्यक्तिगत जीवनमा कुनै लाभ उठाएन । उसको मृत्युमा शोक वक्तव्य जारी गर्ने त धेरै होलान् तर विडम्बना पदमा पुगेकाहरुले पनि उसलाई फर्केर कहिल्यै हेरेनन् । लोकबहादुर चलाउने  क.बबर )भेरीमा बगेर दुखद निधन भएको खबरले स्तब्ध बनायो । तपाईंसँग सँगै रहँदाका यादगार पल हाम्रो मानसपटलमा सदा रहिरहने छन् । हार्दिक श्रद्धाञ्जली कमरेड बबर ‌। सोक- संतप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।