कर्णाली प्रदेशका मुख्यमन्त्री शाही पचाल झरना अवलोकनमा

कालिकोट, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही पचाल झरना अवलोकनको लागी आज कालिकोट तर्फ प्रस्थात गरेका छन् ।

पचाल झरना गाउँपालिकामा हुने बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन मख्यमन्त्री शाही त्यस तर्फ प्रस्थान गरेका हुन् ।

पचाल झरना गाउँपालिकाको बिशेष गाउँसभाको उद्धघाटन, लाफा चौथा सड्क उद्धघाटन, ८५ किलोवाटको लाफागाड जलविद्युत आयोजनाको उद्धघाटन, होमस्टेको उद्धघाटन गर्ने कार्यक्रममा सहभागी हुन् मुख्यमन्त्री आउन लागेको पचाल झरना गाउँपालिकाका अध्यक्ष खडकराज सेजुवालले जानकारी दिए ।

गाउँपालिकामा हुने विभिन्न कार्यक्रमको उद्धघाटन, सहिद पार्कको अनुगमन र निरिक्षणको साथै गाउँपालिकामा अवस्थित नेपालकै अग्लो झरना ‘पचाल झरना’को अवलोकन गर्ने कार्यक्रम रहेको अध्यक्ष सेजुवालले जानकारी दिए ।