समाचार Archive

धादिङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
काठमाडौं, धादिङलाई केन्द्रबिन्दु बनाएर आज (मंगलबार) दिउँसो ४ः२९ बजे भूकम्प गएको छ । धादिङको छत्रेदेउराली केन्द्रबिन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पले राजधानी काठमाडौंलगायत आसपासका
लागु औषधसहित पर्सामा दुईजना पक्राउ
पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध सहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर बस्ने २० वर्षिय रोशन साह र चन्दन कुशवाहा रहेका छन् । सूचनाको अधारमा वीरगंज महानगरपालिका वडा

२४ घण्टामा २ हजार ७३६ संक्रमित थपिए, ८५३ संक्रमणमुक्त
काठमाडौंआज मंगलबार देशभर २ हजार ७३६ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप २ हजार ७३६ जनालाई कोरोना पुष्टि भएको छ। २४ घण्टामा ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै निको

उपत्यकामा थपिए १४ सय २० कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय २० कोरोना संक्रमित थपिएका छन् । मंगलबार संक्रमित पुष्टि हुनेमा ६०३ महिला र ८१७ पुरुष रहेका छन् । काठमाडौंमा एक हजार १४१, भक्तपुरमा ८६ र ललितपुरमा १९३

कोरोनाबाट २२ को मृत्यु, नेपालमा मृतक संख्या १,१४८ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २२ जनाका ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,१४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७

अमेरिकामा एक हप्तामा ८ लाखभन्दा बढी संक्रमित
काठमाडौँ, अमेरिकामा एक सातामा ८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दैनिक लगातार एक लाखभन्दा बढी व्यक्ति संक्रमित भएको अमेरिकामा एक सातामा ८ लाख ३२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । पछिल्लो गत शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा महागुरू फाल्गुनन्दप्रति उच्च सम्मान
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन् ।उनको सन्देशमा भनिएको छ, राष्ट्रिय विभूति, समाज सुधारक

मेलम्चीको पानी मङ्सिरको दोस्रो साता सुरुङमा पठाइने
काठमाडौँ , मङ्सिर दोस्रो सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गरिने भएको छ । यो दोस्रो पथान्तरण हुनेछ । यसअघि गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेट जडान गरी पानी पथान्तरण

नेकपाको आन्तरिक विवादको छाया संसद्मा पनि
काठमाडौं , सत्तासीन नेकपाको आन्तरिक विवादको छाया संसदीय समितिमा देखिएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा पार्टीको आन्तरिक समीकरणअनुसार नेकपाका सांसदहरू विभाजित भएर प्रस्तुत भएका हुन्। एकरुपता ल्याउन भन्दै देशको नाम नेपाल मात्र

उखु किसानलाई चिनी मिलले छ वर्षदेखि १ अर्ब २० करोड तिर्न बाँकी
काठमाडौं ,उखु किसानले आन्दोलन गरे पनि अझै १ अर्ब २० करोड रुपैयाँ भुक्तानी पाएका छैनन्। चिनी मिलले विभिन्न बहाना झिकेर पछिल्लो ६ वर्षदेखिको बक्यौता रकममा झुलाएको झुलायै गरेका हुन्। सरकारले गत वर्ष पुसमा बक्यौता उपलब्ध गराउन

