समाचार Archive

स्वच्छता परियोजनाद्धारा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण

जाजरकोट , स्वच्छता परियोजनाले छेडागाड नगरपालिकाको सहलगानीमा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । छेडागाडको पजारु “क” स्वास्थ्य चौकीमा स्वच्छता परियोजनाले खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको हो ।

बाढीले बगाएको पुल माओवादी अभियान टिमले बनायो

सिमीकोट, हुम्लामा बाढीले बगाएको काठेपुल माओवादी रूपान्तरण अभियानको टोलीले निर्माण गरेको छ। बाढीले बगाएको सर्केगाड गाउँपालिका– ८ ग्वाले खोलाको काठेपुल अभियानमा खटिएका नेता तथा कार्यकताले श्रमदान गरी बनाएका हुन्। ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ वडा नम्बर

सभामुखले शोक प्रस्ताव पढिरहे, माननीयका आँसु झरीरहे…

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा संघीय संसदका दुवै सदनबाट शोक प्रस्ताव पारित भएको छ । आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । नेम्वाङको निधनमा दुवै सभामा

पूर्वसभामुख नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं , संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ । बिहान ११ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिन लागेको हो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको छ

निर्वाचन आयोगलाई गगन थापाले बुझाए १५ हजार जरिवाना

काठमाडौँ, अरुलाई आदर्श सिकाउने कांग्रेस महामन्त्री गगन थापाले आफैले विधि उलंघन गर्दा जरिवाना तिर्नु परेको छ। उनले निर्वाचन आयोगलाई १५ हजार जरिवाना तिरेका छन्। थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराउँदै फेरि

फेरिए त्रिभुवन विमानस्थल भन्सार प्रमुख

काठमाडौं, अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय प्रमुख अरुण पोखरेललाई हटाएर उनको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई जिम्मेवारी सुम्पिएको छ। पाण्डे गत आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए। गत बुधबार त्रिभुवन विमानस्थलबाट एक

जुम्लामा पर्याप्त मात्रमा नुन छ: साल्ट ट्रेडिङ

जुम्ला, जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । सदरमुकामको

चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय टोली नेपाल आउँदै

काठमाडौं, चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । नेकपा कम्युनिष्ट

प्रधानमन्त्री प्रचण्ड आज इटली जाँदै

काठमाडाैं,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटली जाँदैछन् ।संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटली जान लागेका हुन्। उनी साँझ ६

जुम्लामा मध्यराति ७ घरमा कसले लगायो आगो ?

सुर्खेत, जुम्लाको गुठीचौर गाउँपालिका–४ मा सातवटा घरमा अज्ञात समूहले आगो लगाएको छ। शुक्रबार राति १० बजेदेखि १२ बजेसम्मको समयमा ती घरमा आगजनी गरिएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गुठीचौरका ५ देखि ७ वटासम्म घरमा आगलागी