समाचार Archive

अब मुग्लिन सडक प्रयोग गर्नेले पैसा तिर्नुपर्ने
काठमाडौं, अबदेखि मुग्लिन–नारायणगढ सडक प्रयोग गर्नेले पैसा तिर्नुपर्ने भएको छ । सरकारले पहिलोपल्ट सो सडक खण्डमा चल्ने हलुका तथा भारी सवारीबाट शुल्क असुल्ने निर्णय गरेको हो । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले

कर्णालीमा थप २२ जनामा कोरोना पुष्टि, १५ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा आज थप २२ जना कोरोना संक्रमित पुष्टि भएको छ । जसमध्ये जाजरकोट र मुगुका एक–एक जना, सल्यानका तीन जना, सुर्खेतका सात जना र दैलेखमा १० जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने
काठमाडौं, अब विद्यालयमा क्वारेन्टिन र आइसोलेसन बनाउन नपाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले विद्यालय भवन र परिसरमा क्वारेन्टिन र आइसोलेसन बनाउन नपाउने निर्णय गर्दै भएकाहरु पनि हटाइने भएको हो ।

लमही ईलाका प्रशासन कार्यालय आफ्नै भवनबाट सेवा दिन शुरू
देउखुरी, दाङ देउखुरीको लमहीमा रहेको इलाका प्रशासन कार्यालयले आफ्नै भवनबाट बुधबारदेखि सेवा दिन सुरू गरेको छ । लामो समय देखि लमहीकाे राताेडाँडामा भाडाकाे भरमा रहेर सेवा दिइरहेकाे इलाका प्रशासन कार्यालयले अाफ्नो भवन निर्माण गरेको हो ।

देउखुरीकाे लालमटियामा शान्ति उद्यान योगा तथा ध्यान केन्द्रको शिलान्यास
भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजना तथा ब्यवस्थापनमा सञ्चालन हुने गरि निर्माण हुन थालेको शान्ति उद्यान योगा तथा ध्यान केन्द्रको शिलान्यास गरिएको छ । विहिवार एक कार्यक्रमको आयोजनामा

१४ हजार २४८ जना कोरोनामुक्त
काठमाडौं,नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ। पछिल्लो २४ घण्टामा २२७ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। प्रदेश १ बाट ८२९, प्रदेश २ बाट तीन हजार ७५ र बागमती
काठमाडौंमा थपिए ४५ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा आज (बिहीबार) काठमाडौं उपत्यकाका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौंका ४१ जना, भक्तपुरका २ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

आज २७४ जनामा कोरोना पुष्टि, २२७ जना डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २७४ जनामा कोरोना पुष्टि भएको छ। ६ हजार ३०४ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। याेसहित हालसम्म ३ लाख ६४ हजार ६४८ जनाको पीसीआर

सुदूरपश्चिममा थपिए ७ कोरोना संक्रमित
काठमाडौँ, सुदूरपश्चिम प्रदेशमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीका ५ जना पुरुष, कञ्चनपुरका एक पुरुष र दार्चुलाकी एक महिला गरी ७ जनामा संक्रमण पुष्टि भएको हो

बाँकेमा आइतबारदेखि तीन दिने निषेधाज्ञा
नेपालगन्ज, बाँके जिल्ला प्रशासनले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आज (बिहीबार)बसेको आकस्मिक बैठकले आगामी आइतबारदेखि ३ दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । बाँकेमा आज एकैदिन

