स्वास्थ्य Archive

कर्णालीमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १,०८६
सुर्खेत, कर्णालीमा प्रदेशमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ५ र सुर्खेतमा ४ जनामा संक्रमण देखिएको हो । योसंँगै संक्रमितको संख्या १ हजार ८६ पुगेको छ ।

घोराहीमा एकैदिन ४२ जनामा कोरोना संक्रमण, दाङमा संक्रमितको संख्या १८६
दाङ , दाङमा आज ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका ४२ जना र बंगलाचुली गाउँपालिकामा १ जना गरि ४३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । साथै स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमण देखिएको

थप ४५१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ६२ सय ११
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.

दाङमा रिपोर्ट नआउँदै घर फर्काएका १९ जनामा कोरोना सक्रमण
दाङ ,घोराही दाङमा काेराेना संक्रमित व्यवस्थापनमा चरम लापरबाही देखिएकाे छ । कोरोना परिक्षणको रिपोर्ट नआउँदै घर पठाईएका १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । घोराही उपमहानगरपालिका १८ गिठेपानीका २ र वडा नम्बर १७ का १७ जना

गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २०४
पोखरा, गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५, २२, २७, २७, र ४६ का

कुवेतबाट आएकी एक महिलामा कोरोना पुष्टि
काठमाडौं, कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई जेठ २९

अब निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिइने
काठमाडाैँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि निजी प्रयोगशालालाई पनि दिने निर्णय गरेको छ । आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत् सरकारले संकलन गरेर होल्डमा रहेका स्वाबको परीक्षण निजी प्रयोगशालालाई गर्न दिने निर्णय भएको मन्त्रालयले

थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६०
काठमाडौं , आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

बिरामीमा कोरोना देखिएपछि मेडिकल कलेज कोहलपुर सिल
कोहलपुर, बिरामीमा कोरोना संक्रमण भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सर्जिकल वार्ड सिल गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ का ८९ वर्षिय एक बिरामीलाई आइतबार बिहान मात्र कोरोना पुष्टि भएपछि सिल गरिएकाे हाे

कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६७
सुर्खेत, कर्णाली प्रदेशमा आज थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेत, अन्वेषण रोग प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान जुम्लामा गरिएको परिक्षणमा दैलेखका ३७ जना