घोराहीमा एकैदिन ४२ जनामा कोरोना संक्रमण, दाङमा संक्रमितको संख्या १८६

 दाङ , दाङमा आज ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका ४२ जना र बंगलाचुली गाउँपालिकामा १ जना गरि ४३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । साथै स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमण देखिएको छ ।

जस अन्तरगत घाेराही उपमहानगरपालिका वडा नम्बर ३ का ३ जना, वडा नम्बर ४ का १० जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर १७ का १७ जना र वडा नम्बर १८ का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले जनाएको छ । बंगलाचुली गाउँपालिका वार्ड नम्बर ३ कि २२ बर्षीय पुरूषमा पनि काेराेना संक्रमण पुष्टि भएकाे प्रतिष्ठानले जनाएकाे छ ।

संक्रमित हुनेमा ७ जना महिला रहेका छन् । संक्रमित मध्ये ४ जना स्वास्थ्यकर्मी रहेका छन् । घोराही १७ का संक्रमित १७ जना र वडा नम्बर १८ का २ जना भने रिपोर्ट आउन ढिला गरेपछि घर पठाईएकाे थिए । उनिहरुलाई अहिले आइसोलेसनमा पु¥याईएको छ, भने उनिहरुले भेटेका र घुलमिल गरेका व्यक्तिहरुको पहिचान गर्ने काम समेत सुरु भएको उपमहानगरले जनाएको छ ।

यो सँगै घोराही उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या ७८ जना पुगेको छ । संक्रमित मध्ये एक जनाको भारतमा मृत्युभई घोराहीमा स्वाब जाँच गर्दा र अर्का एक जना घोराहीका काठमाडौमा संक्रमित भएको पुष्टि भएको हो । साथै घोराही ८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यो सँगै दाङमा काेराेना संक्रमितको संख्या १ सय ८६ जना पुगेको छ ।