दाङमा थप ५६ जनामा कोरोना संक्रमण, संक्रतिको संख्या २४२ पुग्यो

 दाङ , दाङमा आज मंगलबारसम्म कोरोना संक्रमितको संख्या करिब साढे दुई सय पुगेको छ । मंगलबार ५६ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या २ सय ४२ पुगेको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा ४६ पुरुष र १० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये घोराही उपमहानगरपालिका वडा नंं ४ का ४७ जना रहेका छन्, भने घोराही–१२ का ४ जना र घोराही–११ का ३ जना रहेका छन् ।

अन्य दुई जना पनि घोराही उपमहानगरपालिकाकै रहेपनि वडा खुलेको छैन । प्रतिष्ठानमा परीक्षण गर्दा सल्यानका एक जनामा कोरोना पुष्टि भएको छ ।