मुख्य समाचार Archive

पौष १० गतेबाट सिनेमा हल खोल्ने चलचित्र संघको निर्णय

काठमाडौँ, नेपाल चलचित्र संघले आगामी पौष १० गतेबाट हल खोल्ने निर्णय गरेको छ । चैत पहिलो साताबाट बन्द रहेका सिनेमा हल पुष १० गतेदेखि खोल्न नेपाल चलचित्र संघले निर्णय गरेको छ । आफुहरुको आग्रहलाई सरकारले नसुनेको भन्दै

ओलीले पुनः संवैधानिक परिषद् बैठक बोलाए

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संवैधानिक परिषद् बैठक बोलाएका छन् । बुधबार दिउँसो विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएसँगै प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ः३० बजे बैठक तय गरेका हुन् । यसअघिका बैठकमा प्रतिपक्षी

उखु किसानको भुक्तानी एक साताभित्र गराउन निर्देशन

काठमाडौँ, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको बाँकी भुक्तानी एक साताभित्र गराउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले उद्योगीहरुबाट उखु किसानले पाउन बाँकी रकम एक साताभित्र

अमेरिकी विदेशमन्त्री पोम्पेओ क्वारेन्टाइनमा बस्दै

वासिङ्टन, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बस्न लागेको छन् । कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि उनलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उनी क्वारेन्टाइनमा बस्न लागेको जनाईएको छ । उनी कोभिड १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बस्ने

विराटनगरमा आजदेखि विद्यालय सञ्चालन

मोरङ, कोरोना महामारीका कारण नौ महिनादेखि बन्द रहेका विराटनगरका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । विराटनगर महानगरपालिकाले गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन् । महानगरले सङ्क्रमणको जोखिम विद्यार्थी सङ्ख्या तथा उपलब्ध भौतिक पूर्वाधारअनुसार विद्याललय सञ्चालन गर्न सात

चिनी उद्योगीलाई पक्राउ नगर्नू भन्दै नेताको फोन आउँछः उद्योगमन्त्री

काठमाडौँ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको गुनासो राखेका छन् । बिहीबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्री भट्टले

मन्त्रिपरिषद् बैठक साँझ ६ बजे बस्दै

काठमाडौँ, आज मन्त्रिपरिषद् बैठक बस्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि बैठक बोलाएको स्रोतले जनाएको छ । आजको बैठक नियमित भएको र सरकारले हालै ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजी

महालक्ष्मी बैंकमा सीआईबीको छानबिन सुरु

काठमाडौं, ललितपुरमा रहेको महालक्ष्मी विकास बैंकमा कर्जा प्रवाहमा अनियमितता भएको छ । अनियमितता भएसंगै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान सुरू गरेको छ। बैंकको कर्जा प्रवाहमा ठूलो हिनामिना गरेको उजुरीका आधारमा सीआईबीले छानबिन सुरु गरेको हो ।

जंगलमा टेन्ट टाँगेर बसेका नेकपाका कार्यकर्ता पक्राउ

खोटाङ, जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय केवी तामाङ बागध्वज रहेका छन् । खोटाङको साकेला

काठमाडौँ महानगरका विद्यालय तत्काल नखुल्ने

काठमाडौं, काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो । महानगरपालिका शिक्षा विभागले वुधबार जिल्ला विपद्