महालक्ष्मी बैंकमा सीआईबीको छानबिन सुरु

काठमाडौं, ललितपुरमा रहेको महालक्ष्मी विकास बैंकमा कर्जा प्रवाहमा अनियमितता भएको छ । अनियमितता भएसंगै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान सुरू गरेको छ।

बैंकको कर्जा प्रवाहमा ठूलो हिनामिना गरेको उजुरीका आधारमा सीआईबीले छानबिन सुरु गरेको हो । यस क्रममा प्रहरीले तीन जना ऋणीलाई पक्राउ गरेको छ ।

कुमारीपाटीस्थित बैंकमा थोरै सुन धितो राखी बढी ऋण प्रवाह पाइएपछि अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको सीआईबीका एक उच्च अधिकृतले बताएका छन् ।

बैंकका कर्मचारीको मिलोमतोमा थोरै सुन राखेर ठुलो संख्यामा बढी रकम निकालिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। ऋण प्रकरणबारे अनुसन्धान गर्न बैंकका सिइओ सम्मलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने देखिएको जनाएको छ ।