पौष १० गतेबाट सिनेमा हल खोल्ने चलचित्र संघको निर्णय

सरकारले कुनै चासो नदिएको गुनासो

काठमाडौँ, नेपाल चलचित्र संघले आगामी पौष १० गतेबाट हल खोल्ने निर्णय गरेको छ । चैत पहिलो साताबाट बन्द रहेका सिनेमा हल पुष १० गतेदेखि खोल्न नेपाल चलचित्र संघले निर्णय गरेको छ । आफुहरुको आग्रहलाई सरकारले नसुनेको भन्दै संघका अध्यक्ष मधुसुदन प्रधानले एकतर्फी रुपमा भए पनि हल खोल्ने तयारी गर्नु परेको बताएका छन् ।

चैतबाट सिनेमा हल बन्द हुँदा व्यवसायीलाई २ अर्ब रुपैयाँभन्दा बढी घाटा भएको उनको भनाई रहेको छ । सिनेमा हलहरु खोल्ने भएपछि कलाकारहरु पनि खुशी भएका छन् । सिनेमा हल नै नखुलेपछि चलचित्र निर्माण पनि भएका थिएनन् यसपछि कलाकारहरु निकै मारमा परेका थिए । अब भने कलाकारहरुमा पनि खुशीको आशा पलाएको छ ।

सरकारले कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो । कोरोनाको बेलामा गरिएको लकडाउन पछि अन्य क्षेत्र खुला गरिएपनि फिल्म क्षेत्र भने खुला गरिएको थिएन । सरकारले अझैपनि फिल्म क्षेत्र खुलाउने बारे कुनै जानकारी गराएको छैन । यस्तै हलवालाहरुको संगठन नेपाल चलचित्र संघले सोमबार पत्रकार सम्मेलन गरी हल खोल्न लागिएको बताएको हुन् ।

चलचित्र कर्मसंग आवद्ध विभिन्न ६ ओठा संघसंस्था मिलेर सिनेमा हलहरु खोल्नुपर्ने मागसहित सामुहीक रुपमा दबाबमुलक कार्य गर्ने चेतावनी दिदै आएका थिए । यसअघि सिनेमा हलले गर्ने व्यवहार भेदभावका कारण त्यसको छिनोफानो नभएसम्म सिनेमा हल संञ्चालनमा आउन हुन्न भन्ने एकाथरी निर्माताहरुको भनाई रहेको थियो ।

नेपाल चलचित्र संघका निर्वतमान अध्यक्ष प्रदिप कुमार उदयका अनुसार चलचित्र हलहरु खोल्ने कुराले सबै चलचित्रकर्मी निकै नै खुशी भएका छन् । भिडभाड हुने अरु सम्पूर्ण व्यवसायहरु खुलिसकेका छन् । सरकारले यो बारेमा पहिले नै सोचेर व्यवसाय खोल्न दिनुपर्ने उनी बताउछन् । सम्पूर्ण सामाजिक सुरक्षा अपनाएर हल खोल्यो भने दर्शक आउने उनी विश्वास राख्छन् । चलचित्र क्षेत्र अब पनि चलायमान बनाउन सकिएन भने चलचित्र क्षेत्र नै विस्थापन हुने उनी बताउछन् । यस्तै सुचना तथा संञ्चारमन्त्री पार्वत गुरुगं पनि सिनेमा हलहरु खोल्नुपर्ने पक्षमा रहेको बताउँछन् ।

सिनेमा हल संञ्चालनसंगै विभिन्न माग राख्दै संघ आन्दोलन पनि गर्ने तयारीमा छ । चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने, सिनेमा हल घर संञ्चालन नभएको अवधिको विद्युत महशुल, डिमाण्ड चार्ज पूर्ण रुपमा कार्यान्यवन हुनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने लगायतका माग चलचित्र संघले राखेको छ ।

सिनेमा हल खोल्नका लागि प्रधानमन्त्रीदेखि सरकारका विभिन्न व्यतिसंग विभिन्न चरणमा छलफल गरिएको भएपनि सरकारले यसतर्फ कुनै चासो नदेखाएको कारण बाध्य भएर एकपक्षिय रुपमा सिनेमा हल खोल्ने निर्णय गरेको चलचित्र संघले जनाएको छ । सरकारले पौष १० गतेभित्र सिनेमा हललाई संञ्चालनको अनुमति दिनेमा पनि बोर्ड विश्वस्त रहेको छ ।