मुख्य समाचार Archive

राष्ट्रिय मानव अधिकार मन्चद्धारा निर्वाचनको अनुगमन
कोहलपुर, राष्ट्रिय मानव अधिकार मन्च नेपाल, बाँकेले आज सम्पन्न निर्वाचनको अनुगमन पूरा गरेको छ । मन्चले विहानै देखि बांकेका निर्वाचन केन्द्रमा रहेका कोहलपुर नेपालगन्ज, खजुरा, बैजनाथ, जानकी राप्ती सोनारी, नरैनापुर लगायतका स्थानीय निकायमा अनुगमन गरेको हो
अछाममा करिब ५५ प्रतिशत मत खस्याे
अछाम, अछाममा करिब ५५ प्रतिशत मतदान भएको छ । दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिब ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिनुभयो । जिल्लाका क्षेत्र नम्बर

दाङ–१ को मतगणना १२ बजेदेखि
दाङ क्षेत्र नम्बर १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ । विहान बसेको सर्वदलीय बैठक भर्खरै सकिएकाले मध्यान्न १२ बजे मात्रै मत गणना सुरु गर्ने तयारी गरिएको हो । यस क्षेत्रको मत

बाजुरामा फर्जी मत विवादमा झडप, एक जनाको हत्या
बाजुरा । बाजुरामा झडप हुँदा एमाले समर्थित कार्यकर्ता चेतन ऐडीको ज्यान गएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट ३२ वर्षीय चेतन ऐडीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाका अनुसार आइतबार

चितवनमा यस्तो छ मतगणनाको तयारी
चितवन ,तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ। आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका

काठमाडौं-७ मा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता
काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले १७७ मतसहितसुरुवाती अग्रता कायम गरेको हो । यस्तै दोस्रो स्थानमा रहेका
मतदान सम्पन्न, मतदाताको उपस्थिती भने अपेक्षाभन्दा न्यून
काठमाडौँ, प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको मतदान सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो । विभिन्न स्थानमा झडप एवम् आगजनी भएपनि समग्रमा शान्तिपूर्ण रुपमा नै मतदान सम्पन्न

माइतीघरबाट नेकपा बहुमतका कार्यकर्ता पक्राउ
काठमाडौं । निर्वाचन विरोधी गतिविधि गरेको भन्द प्रहरीले नेकपा बहुमतका कार्यकर्तालाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । आइतबार दिउँसो देशभर मतदान चलिरहेका बेला धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा बहुमतका केही कार्यकर्ताले माइतीघरमा निर्वाचन बहिस्कारको माग राख्दै

बैतडीमा ११३ वर्षीया वृद्वा मानमतीदेवीले गरिन् मतदान
बैतडी । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको पाटन नगरपालिका–४ की मानमतीदेवी भट्टले मतदान गरेकी हुन् । पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदानस्थलमा पुगेर भट्टले मतदान गरेकी हुन् । बैतडीमा कैदीबन्दीले मतदान

अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान
रुकुम पश्चिम । अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गरेका छन् । उनले मुसिकोट नगरपालिका–५ सेरीगाउँको यमुना नन्द नमुना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी आफै प्रतिनिधिसभा सदस्य उमेदवार

