प्रयोगमा नरहेको सिमकार्ड अर्कालाई बेच्न रोक

काठमाडौं । प्रयोगमा नरहेका ‘सिमकार्ड’ अर्को व्यक्तिलाई बेच्न सर्वोच्च अदालतले रोक लगाएको छ । कुनै व्यक्तिको नाममा जारी भएको सिम ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गरी खारेज भएको मितिबाट ६ महिना पछि पुनः वितरण गर्न मिल्ने दूरसञ्चार प्राधिकरणबाट जारी भएको निर्देशन तत्काल कार्यन्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गोपनीयताको हकका विषयलाई सम्बोधन गर्दै प्राधिकरणको सो निर्देशन तत्काल कार्यन्वन गर्न अन्तरिम आदेश जारी गरिएको हो ।

सपना भण्डारीले कुनै व्यक्तिको नाममा जारी गरिएको सिम प्रयोग नभएको ६ महिनामा खारेज गरी अर्को ६ महिनामा जुन कुनै व्यक्तिको नाममा जारी गर्दा, डाटा सेक्युरिटीमा समस्या आउन सक्ने र गोपनीयताको हक समेत भङ्ग हुने भन्दै प्राधिकरणको निर्देशन खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।