देश Archive

उपत्यकामा थपिए १४ सय २० कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय २० कोरोना संक्रमित थपिएका छन् । मंगलबार संक्रमित पुष्टि हुनेमा ६०३ महिला र ८१७ पुरुष रहेका छन् । काठमाडौंमा एक हजार १४१, भक्तपुरमा ८६ र ललितपुरमा १९३

कोरोनाबाट २२ को मृत्यु, नेपालमा मृतक संख्या १,१४८ पुग्यो

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २२ जनाका ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,१४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७

८३ जना कोरोना संक्रमित भेन्टिलेटरमा

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ८३ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ।मन्त्रालयका अनुसार ८३ जना संक्रमितहरु भेन्टिलेटरमा उपचाररत छन् भने ४११ जना संक्रमित आइसियुमा छन्। पछिल्लो समय आइसियु र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या बढ्दै

प्रचण्डनिकट नेताहरु अनुपस्थित भएपछि कार्यदलको बैठक स्थगित

काठमाडौँ, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट विघटित कार्यदलका सदस्यहरु अनुपस्थित भएपछि अर्का अध्यक्षसँग गर्ने भनिएको कार्यदलका सदस्यहरुसँगको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ। कार्यदलका ६ सदस्यमध्ये प्रचण्ड समूहका जनार्दन शर्मा र पम्फा भुसाल अनुपस्थित

२४ घण्टामा १७९८ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १७९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६९ हजार ७२४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

पछिल्लो २४ घण्टामा थपिए २५७१ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या

थप १८ संक्रमितको मृत्यु, मृतकको संख्या ११२६ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११२६ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप

सरकारको निर्णयले आशंका पैदा गरेको भन्दै सांसदहरुको असहमति

काठमाडौं , ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्ने सरकारी निर्णयप्रति सांसदहरुले असहमति जनाएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरुले सरकारको उक्त निर्णयले विभिन्न आशंका समेत उब्जाएको बताएका छन् ।

झुक्याएर भारत लैजाँदै गरिएका १२ युवतीको उद्धार

काठमाडौं,  विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्‍याइएका १२ नेपाली युवतीको उद्धार भएको छ ।कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल

अझै दिइएन आमाको नामबाट नागरिकता

काठमाडौं ,महोत्तरीका ३२ वर्षीय अर्जुन शाहलाई ०७४ सालमा सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन आदेश दिएको थियो। तर, शाहले अझै नागरिकता पाउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालयमा अदालतको आदेश लिएर पटक–पटक जाँदा पनि नागरिकता नपाएको