कालिकोटमा एक युवाको भिरबाट खसेर मृत्यु

कालिकोट, पचाँलझरना गाउँपालीकामा एक युवाको भिरबाट खसेर मृत्यु भएको छ ।मृत्यु हुनेमा पचालझरना गाउँपालिका वडा नं ४ का शक्क रोकाया रहेका छन । शक्क रोकायाको यो वर्षको भाईटिका अन्तीम भाईटिका बनेको छ ।

जिल्लाको पचाँलझरना गाउँपालीका ४ स्थाइ घर भएका रोकोया शोमबार भाइटिकाको दिन दिदी बहिनीको हातबाट टिका थाप्न पचाँलझरना गाउँपालिकाको वडा नं २ स्थीत खयरकोटगाउँ पुगेका थिए । खयरकोटगाउँ पुगेर दिदी बहिनीको हातबाट टिका थापेर पचाँलझरना गाउँपालिकाको राम्नाकोट फर्कीने क्रममा खयरकोट र भार्तडीको बिचमा रहेको भिरबाट खसेर घाइते भएका उनको उपचारको लागि ल्याउदै गर्दा भार्तडीमा मृत्यु भएको हो ।

उनलाइ भिरबाट खसेको देखेपछि उनका आफन्तले तत्काल बोकेर भार्तडी ल्याउदै गर्दा बाटोमानै मृत्यु भएको पचालझरना गाउँपालीका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिएका छन । दैबको लिला पनि अचम्म हुदो रहेछ दिदी बहीनीको हातबाट टिका थापेर घर फर्केका उनि जिबितै घर फर्केनन । रोकायाको मृत्यु पछि उनको घरमा रुवाबासि चलेको छ । सिंगो राम्नाकोट गाउँनै सोगमग्न भएको छ ।