देश Archive

निर्वाचन आयोगका सहसचिवको सरुवा कानुनविपरित

निर्वाचन अवधिमा निर्वाचन काममा खटिएका कर्मचारीको सरुवा गर्न वा काजमा खटाउन नपाउने कानुनी व्यवस्थाविपरीत सरकारले आयोगका एक सहसचिवलाई सरुवा गरेको पाइएको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव लक्ष्मीप्रसाद गौतमलाई गत साता गरिएको

चित्लाङ सम्पदा सूचीको मन्दिरबाट दुर्लभ पाँच मूर्ति चोरी

मकवानपुर, मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा रहेको तीन गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् । गएको पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय भक्तजनले २९

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

काठमाडौं, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको छ । सोमबार रातिबाट लागू हुने गरी मूल्य वृद्धि गरेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३

नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको

ओलीले पार्टीको निर्णय नमानेपछि संकट आयोः प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद पदको लागि नभएको जनाएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो कुरा बताएका हुन् ।

संसद् विघटनको मुद्दा हेर्दाहेर्दैमा सुनुवाइ लम्बिने सम्भावना

काठमाडौं, प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। सुनुवाइ मंगलबार पनि जारी रहने छ । सोमबार अधिवक्ता दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए । एउटै अधिवक्ताले

अनेमसंघको दोस्रो पूर्ण बैठक सुरु

काठमाडौं, नेकपा प्रचण्ड-नेपाल पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रम केहीबेर अघिबाट थापागाँउस्थित काठमाडौं व्याङ्केटमा सुरु भएको हो ।कार्यक्रममा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ, रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको हो । अहिले आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी जुटेका छन् ।

कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

गुल्मी, गुल्मीको सदरमुकाम तम्घासस्थित कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको बताएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । प्रयोगशालामा कार्यरत टेक्नोलोजिस्ट दुई, टेक्निसियन तीन, असिस्टेन्ट दुई,

नेपालमा तीन जनामा कोरोनाको नयाँ स्वरुप भेटिएको पुष्टि

काठमाडौं,  नेपालमा पनि कोरोना भाइरसको नयाँ स्वरुप भित्रिएको पुष्टि भएको छ । बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमै भेटिएको नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले बेलायतबाट नेपाल आएका तीन जना