देश Archive

भागरथी हत्या प्रकरणः भारत जान लागेका एकजना व्यक्ति पक्राउ
काठमाडौं,बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाको एठपुरबाट पक्राउ गरी एक व्यक्तिलाई अनुसन्धानको लागि बैतडी लगेको जानकारी दिएको छ । पक्राउ परेका

नेपालमा थप १०५ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ

सय रुपैंयाको दरले १४ लाख स्मार्ट लाइसेन्स खरिद गरिदैं
काठमाडौं,यातायात व्यवस्था विभागले प्रतिगोटा करिब एक सय रुपैंया पर्ने गरि १४ लाख ८ सय थान स्मार्ट लाईसेन्स खरिद गर्ने निर्णय गरेको छ । तर, न्यनूतम मूल्यमा खरिद गर्ने प्रस्ताव गरेको एउटा मलेसियन कम्पनीबाट उक्त लाइसेन्स खरिद

तीनजना पत्रकारलाई सामुदायिक पत्रकारिता पुरस्कार
काठमाडौं,नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सञ्जाल ९इञ्जा०द्वारा स्थापित एक लाख राशीको सामुदायिक पत्रकारिता पुरस्कार २०२० बाट तीन जना पत्रकार पुरस्कृत हुने भएका छन्।कान्तिपुर दैनिकका बझाङ सम्वाददाता वसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजनकी

खेतमा महिलाको शव फेला
जनकपुर,धनुषामा एक महिलाको शव खेतमा फेला परेको छ।धनुषाको कमला नगरपालिका–२ माचि झिटकैयामा मंगलबार फेला परेको शव ३५ वर्षीय संगीतादेवी गडेरी राउतको भएको इलाका प्रहरी कार्यालय खजुरीले वताएको छ। हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा भेटिएको

आरआर क्याम्पसमा ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप
काठमाडौं,रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा नेकपाका ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप भएको छ । मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा दुई पक्षबीच झडप भएको थियो । क्याम्पस प्रांगणमै भएको झडपमा चार जना घाइते भएका छन्

कतार जाने यात्रुलाई सुर्तीजन्य पदार्थ निषेध
काठमाडौं,नेपालबाट कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् । कतार सरकारले हालै सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको छ । यससँगै कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा लैजान नपाउने नेपालमा रहेको कतारी दूतावासले जनाएको
संविधान जोगाउन अदालत खोजिएको एमिकस क्युरीको राय
काठमाडौँ,प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा आजबाट एमिकस क्युरीले राय दिँदैछ ।एमिकस क्युरीका तर्फबाट पहिलो बहस गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान रक्षाका लागि अदालतको सहारा खोजिएको बताएका छन् । संविधानको रक्षा

राष्ट्रपतिद्वारा वसन्त श्रवण
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गरेकी छन् । प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन हनुमानढोकाको नासलचोकमा राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा मल्लकालदेखि शुरु भएको थियो ।समारोहमा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी

भागरथी हत्याको दोषी नजीक छौँः गृहमन्त्री थापा
काठमाडौं,गृहमन्त्री रामबहादुर थापाले किशोरी स्व भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक पुगेको बताएका छन् ।बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री

