नेपालमा थप १२५ जनामा कोरोना पुष्टि

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१

काठमाडौँ,नेपालमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ९६६ जना स‌ंक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६१ पुगेको छ ।

आज कोरोनाबाट कसैको मृत्यु भएको छैन ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ५२९ रहेको छ ।