समाचार Archive

बहराइनका राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न नेपाल आइपुग्यो

काठमाडौं, बहराइनका राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न नेपाल आइपुगेको छ ।बहराइनका राजकुमार, १४ जना डिफेन्स फोर्स तथा तीन जना बेलायती नागरिक रहेको टोली शेख ईशा एयरबेसबाट गएराति साढे १२ बजे नेपालतर्फ प्रस्थान गरेको थियो ।

प्राविधिक शिक्षामा गढवा गाउँपालिकाको जोड

दाङ,  देउखुरीको गढवा गाउँपालिकाले पछिल्लो चरणमा प्राविधिक शिक्षातर्फ जोड दिन थालेको छ । गाउँपालिकाको स्वीकृत पछि गढवाका दुई बिद्यालयमा यसै बर्ष देखि प्राबिधिक बिषयको पढाईका लागि सिटिइभिटी बाट सम्बन्धन प्राप्त भै सकेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले

पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन

काठमाडौं, सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ ।उनको १०१ वर्षको उमेरमा निमोनियाको कारण निधन भएको हो । उनको जन्म बि सं १९७६ माघ २० मा भएको र २०१३ जेष्ठदेखि २०१६ असार सम्म

सरकारले राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट छाप्न अनुमति

काठमाडौं, सरकारले राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट छाप्न अनुमति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त नोटमा नेपालको नक्सा राख्नुपर्ने बताएका छन। बजारमा एक र दुईको

कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

काठमाडौँ, कांग्रेस महामन्त्री डा शशांक कोइराला ओम अस्पतालमा भर्ना भएका छन्।कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति ओम अस्पताल भर्ना भएका हुन्। उनका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबार साँझ ६

सुनसरीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

सुनसरी, सुनसरीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–६ बस्ने स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको

विषाक्त युक्त स्यानिटाइजर उत्पादन गर्ने चार कन्पनीमाथि कारबाही

काठमाडौं, विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेका चार उद्योग कार्बाहीमा परेका छन् ।औषधि व्यवस्था विभागले काठमाडौंका एक, ललितपुरका एक, एक चिनियाँ कम्पनी र एक भारतीय उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरी, सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

विपी प्रतिष्ठानमा ३५ वर्षीय युवकको कोरोना मृत्यु

काठमाडौं,  कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक कोरोना संक्रमितको ज्यान गएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । २८ भदौमा कोरोना पोजेटिभ देखिएका उनलाई

दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

काठमाडौँ, दाङमा करेन्ट लागेर तीनजना बालबालिकाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईमा पानी तान्नका लागि कुलोमा प्रयोग गरिएको मोटरबाट पानीमा करेन्ट सर्दा तीनजना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईका ८