समाचार Archive

संसद् अधिवेशनमा एमसिसीले प्रवेश पाउला ?

काठमाडौ, संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुनेगरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउने विषयले प्रवेश पाउन सक्ने अनुमान गरिएको छ। सरकारले अध्यादेश ल्याएको भोलिपल्टै

दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी

काठमाडौं, भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई

चुरे दोहन राेक्न राष्ट्रपतिको आग्रह

लुम्बिनी, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिएकी छिन् ।राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको संस्कृति र सभ्यताको

चुनाव केन्द्रित हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौँ, नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।बिहीबार प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

काठमाडौं, भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

श्रीमानको हत्या गरी फरार महिला सात वर्षपछि पक्राउ

काठमाडौं, आफ्नै श्रीमानको हत्या गरी फरार एक महिला ७ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१० बस्ने वर्ष ५० की दिलकुमारी सेन रहेकी छन् । महानगरीय अपराध महाशाखाको टोलीले दिलकुमारीलाई काठमाडौंको बानेश्वरबाट पक्राउ

एमाले पदाधिकारी : पाँच जना निर्विरोध, चुनाव लडेका १४ जनाले कति-कति ल्याए भोट ?

चितवन, एमालेको १० औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । मतदानको परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १,८४० मत ल्याउँदै निर्वाचित भए । अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २२३

अध्यक्ष ओलीलगायत पदाधिकारीद्वारा सपथ ग्रहण

काठमाडौँ. चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले सपथ ग्रहण गरेका छन्। निर्वाचन आयोग प्रमुख विजय सुब्बाले उनलाई सपथ गराएका हुन्। पार्टी विधानअनुसार धारा ६६ (३) अनुसार उनलाई सपथ गराएका हुन्।

अछाममा बस दुर्घटना : २ को मृत्यु, २९ घाइते

अछाम, अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । घाइते २१ जनाको जिल्ला अस्पताल र ८ जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । मंगलसेनबाट धनगढी जाँदै गरेको ना

ओलीको सूचीमा छुटेका यी हुन् प्रभावशाली नेता

काठमाडौं, एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि बनेर आएका थिए।उनीहरूले