बागेश्वरी बहुमुखी क्याम्पसमा ‘हेल्प डेक्स’ सन्चालन

कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी सहायता कक्षा सञ्चालनमा आएको छ।स्नातक तहको प्रथम सेमेस्टरको विद्यार्थी अभियानलाई लक्षित गर्दैँ आईबारबाट क्याम्पस हाता भित्र विद्यार्थी सहायत कक्ष ‘हेल्प डेक्स’ सन्चालनमा ल्याइको हो ।मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको क्याम्पसमा स्नातक तह अन्तर्गत मानविकी, व्यवस्थापन र शिक्षा संकायमा नयाँ भर्नाको लागि आवेदन खोलिएको छ ।विश्वविद्यालयले भर्नाको लागि आवेदन दिने म्याद यही पौष १६ गते सम्म तोकिएको र प्रवेश परीक्षा पौष १७ गते दिउँसो १ बजे हुने बागेश्वरी बहुमुखी क्याम्पसका उप प्राध्यापक एकराज शर्माले जानकारी दिए ।विद्यार्थीलाई स्नातक तहको विभिन्न संकायमा विषय रोजाईको परामर्श सहितको भर्ना अभियान केन्द्रित विद्यार्थी हेल्प डेक्सको सुरुवात गरिएको उनले बताए ।मध्यपश्चिम विश्वविद्यालयको बारेमा आम जनमानसमा बाहिरका केही शैक्षिक संस्थाले यस विश्वविद्यालयको मान्यता छैन, लोक सेवा दिन पाउने व्यवस्था छैन, बाहिर पढन जांदा समस्या छ भन्ने खालका सुनियोजित भ्रामक प्रचार भइरहेको प्राध्यापक शर्माले वताए ।हाम्रा छिमेकी मुलुकमा माथिल्लो स्तरको पढाईमा समकक्षतामा कुनै समस्या नरहेको, सेमेस्टर पद्धतिको पठनपाठनमा नै आजको २१ औ सताब्दिको आवश्यकता रहेकोले यस कुरामा निकै चनाखो भएर आफना छोराछोरीको भविस्यमा अभिभावक तथा सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने क्याम्पस प्रमुख दान बहादुर हमालले बताए ।‘बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस हो, यहाँ नेपाल सरकारको शत प्रतिशत लगानीमा न्यून शुल्कमा अत्याधुनिक पुस्तकालयको व्यवस्था सहित आधुनिक विधि तथा सामाग्रीको माध्यामबाट पठनपाठनमा हुने गर्द्छ । यस कुरामा सबैअभिभावक तथा सरोकारवालाको ध्यान जानू पर्ने देखिन्छ ।, उनले भने ।’बाहिर विद्यार्थी माझ नियोजित तरिकाले फलाईने सबै भ्रमहरुलाई चिरफार गर्नका लागी अहिले स्वयम् क्याम्पस प्रमुख दान बहादुर हमाल आफै क्याम्पसका प्राध्यापक तथा कर्मचारी टोली सहित कोहलपुर क्षेत्र भित्रका विद्यालयमा भेटघाट कार्यलाई तिब्रता दिएको कुरा विभागीय प्रमुख एकराज शर्माले जानकारी दिए ।