यातायात भाडामा ४५ प्रतिशत सहुलियत गर्न माग गर्दैँ बाँकेका विद्यार्थीहरु आन्दोलित

चरणबद्ध संघर्षका कार्यक्रम घोषणा

नेपालगन्ज, सार्वजनिक यातायातमा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत सहुलियत कार्यान्वयनको माग गर्दैँ बाँकेका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

file photo

जिल्लामा क्रियाशिल तीन वटा विद्यार्थी सङ्गठन विप्लव नेतृत्वको नेकपाको भातृ सङ्गठन अखिल (क्रान्तिकारी)का अध्यक्ष डिल्ली क्षेत्री, जसपा निकटको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष निष्पक्ष जंग शाह र जनमोर्चा निकट अखिल (छैठौं) का कोषाध्यक्ष विपिन धामीले शनिवार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दैँ कार्यान्वयनका लागी चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारले सार्वजनिक यातायातको भाडामा विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई भाडामा सहुलियत दिएको वर्षौं भइसक्दा समेत जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका कुनै पनि किसिमका सार्वजनिक यातायातका साधनमा यसको कार्यान्वयन नभएको भन्दै संघर्ष गर्नुपरेको आन्दोलनरत विद्यार्थी सङ्गठनका नेताहरुले बताएका छन् ।

साथै सार्वजनिक यातायातका साधनमा तोकिएको मापदण्ड अनुसारको गुणस्तर कायम गर्न गराउन र सोको समय-समयमा अनुगमन गर्न समेत माग गरेका छन् ।

उनिहरुले २०७८ पौष ५ गते दिनको १२:०० बजे यातायात व्यावस्था कार्यालय बाँकेमा एक घण्टा धर्नासहित प्रदर्शन, त्यस्तै पौष ७ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा एक घण्टा धर्ना र पौष ९ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा माग कार्यान्वयन गर्नको लागी छलफल तथा भेटघाट गरिने बताए ।

सरकारले सार्वजनिक यातायातको भाडामा विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई भाडामा सहुलियत दिएको वर्षौं भइसक्दा समेत बाँके जिल्लाबाट सन्चालित कुनैपनि यातायात व्यावसायिले यसको कार्यान्वयन नगरेर बदमासी गरिरहेको बताए ।

साथै सहुलियत दिएबापत बार्षिक कर, पाटपुर्जामा भन्सार कर लगायत विभिन्न सहुलियतहरु सरकारबाट लिरहेको पनी बताए । जिल्लाबाट सन्चालनमा आएका सबै सार्बजनिक यातायातमा तत्काल सहुलियतको कार्यान्वयन गर्ने समेत माग गर्दै उनले सरोकारवाला पक्ष्यले यसको कार्यान्वयन गर्न तदारुकता नदेखाएको खण्डमा थप कडा संघर्षमा जाने चेतावनी समेत दिए ।

गएको मंसिर १९ गतेका दिन संयुक्त विद्यार्थी सङ्गठन भित्रको सदस्य सङ्गठन अखिल (क्रान्तिकारी) ले सात दिने अल्टिमेटम सहितको ज्ञापनपत्र यातायात कार्यालय भेरी, बाँकेमा बुझाई सकिएको स्मरण गराउदैँ उनिहरुले तोकिएको समयसीमा सकिर आज सम्म पनि यसको कुनै पनि सुनुवाइ नभएको कारण बाध्य भएर संघर्षका कार्यक्रम सार्बजनिक गर्नुपरेको आन्दोलनरत सङ्गठन समाजवादी विद्यार्थी युनियनका बाँकेका जिल्ला अध्यक्ष निष्पक्ष जंग शाहले बताए ।

सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत, ६० वर्ष उमेर नाघेका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई आरक्षण सहित ५० प्रतिशत छुटको व्यवस्था गरे पनि उपत्यका बाहेकका धेरै जसो जिल्लाहरूमा यसको कार्यान्वयन भएको छैन् ।

यस्तो छ विज्ञप्ति