समाचार Archive

प्रचण्ड किन पुगे सुकुटे ?
सिन्धुपाल्चोक, पार्टीभित्र विवाद उत्कर्स बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने शुक्रबार दिउँसो सुकुटे पुगेका छन् । चितवनबाट सिधैं सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले भोलि (शनिबार) ‘प्रथम सुकुटे महोत्सव २०७६’ उदघाट्न गर्ने कार्यक्रम

नेपालगञ्जमा ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा
नेपालगञ्ज, बाँकेको नेपालगञ्जमा शुक्रबारदेखि ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा आएको छ । १८ औ शाखाको रुपमा भाटभटेनीले नेपालगञ्जमा शाखा संचालनमा ल्याएको हो । एक विशेष समारोहको आयोजना गरी भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरुङ्ग, उनकी श्रीमती सावित्री गुरुङ,

दक्षिण कोरियामा पनि कोरोना संक्रमित २ हजार ३ सय
सोल,दक्षिण कोरियामा थप ५ सय ७१ जना कोरोना भाइरस संक्रमित भएपछि संक्रमितको संख्या २ हजार ३ सय ३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको समाचारमा जनाइएको छ । दक्षिण

सुर्खेतमा जीप दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं, गुर्भाकोट नगरपालिका–९ सुर्खेत झुल्केस्थित लु.१.ज ४०७९ नंको बलेरो जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिम्ता गाउँपालिका–९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जीप दुर्घटनामा मृत्यु भएको हो । मेहलकुना अस्पताल सुर्खेतमा उपचारका

अनमोल केसीविरुद्ध ठगीको आरोपमा उजुरी
काठमाडौं ,अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीमाथि ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनमोलविरुद्ध उजुरी परेको पुष्टि गरे । उनीमाथि फिल्मकर्मी

नाइजेरिया,वेल्स र न्यूजिल्याण्डमा पनि देखियो कोरोनाको संक्रमण
जेनेभा,प्राणघातक कोरोना भाइरसको संक्रमण न्यूजिल्याण्ड, वेल्स र नाइजेरियामा समेत देखा परेको छ । विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरस सुदूरपूर्वी मुलुक न्यूजिल्याण्ड, बेलायतको वेल्स र अफ्रिकी मुलुक नाइजेरियामा पहिलोपटक देखा परेको हो । नाइजेरियाको स्वास्थ्यमन्त्रालयले विज्ञप्ति

चीनमा सर्प, कुकुर, बिरालो लगायतका मासु खान प्रतिबन्ध
सेन्जेन, जंगली जनावरका कारण कोरोनाभाइरस मानिसमा फैलिएको वैज्ञानिकहरुले आशंका व्यक्त गरिरहेका बेला चीनको सेन्जेन शहरले कुकुर र बिरालोको मासु उपभोगमा प्रतिबन्ध लगाउने तयारी थालेको छ । हङकङसँग सीमा जोडिएको सेन्जेन शहर प्रशासनले आइन्दा , माछा र

प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता
काठमाडौं, नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार बिहान प्रचण्ड निवासमा भएको ओली इतरका नेताहरुको बैठकमा सहभागी भएका नेपाल बैठकको निर्णय जानकारी गराउन प्रधानमन्त्रीसँग भेट गरेको जनाइएको छ ।

उग्रतारा मन्दिर राष्ट्रपति भण्डारीद्वारा पूजा अर्चना
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गरेकी छिन् । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले शुक्रबार अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवतीकोे दर्शन गरेकी हुन् । उनले करीब ४५ मिनेट

अमेरिकी दूतावासको म्यानेजर हुँ भन्दै लाखौं रकम ठगी गर्ने पक्राउ
काठमाडौं, नेपालस्थित अमेरिकी दूतावासको म्यानेजर हुँ भन्दै लाखौं रकम ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरे घर भइ काठमाडौंको थली बस्दै आएका ४१ वर्षीय विकास भनिने केदार खड्का

