समाचार Archive

इटालीमा कोरोना संक्रमणबाट एकै दिनमा ३ सय ६८ मृत्यु, २४ हजार संक्रमित

काठमाडौं , इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ३ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ६८ को मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।

आज २०७६ चैत ३ गते सोमबारको राशिफल

आज २०७६ चैत ३ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले

सिरहामा बसको ठक्करबाट एक बालकको मृत्यु

सिरहा,सिरहा नगरपालिका–२२ स्थित भित्री सडकखण्डमा आज साँझ स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शिक्षादीप बोर्डिङ्ग स्कुलको ध१ख ३५७ नम्बरको बसको ठक्करबाट सिरहा नगरपालिका–२२ बङ्गठीया निवासी नरेशकुमार सिंहको दुई वर्षीय छोरा पङ्कजको घटनास्थलमै मृत्यु भएको

कास्कीको लुम्लेमा पौने ८ बजे भूकम्पको धक्का

कास्की,कास्कीमा आइतबार साँझ भूकम्पको धक्का महशुस भएको छ । लुम्लेलाई केन्द्र बनाएर आइतबार साँझ पौने ८ बजे ५.० रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण स्थानीय त्रसित बनेका छन् ।

सुरु भयो सार्क भिडियो कन्फरेन्स, सिंहदरबार पुगे प्रधानमन्त्री ओली

काठमाडौँ,  कोरोना भाइरसको विश्वब्यापी संक्रमणबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न आयोजना हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्कको भिडियो कन्फेरेन्समा भाग लिन प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन्। सार्कका सबै सदस्यहरु सहभागी हुने यो कन्फरेन्समा

कोरोना संक्रमण राेक्न अष्ट्रियामा पाँच जनाभन्दा बढी भेला हुन रोक

अस्ट्रिया, अस्ट्रियामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीब्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको छ । सरकारले आइतबार एक निर्देशन जारी गर्दै सङ्क्रमणलाई नियन्त्रण गर्न पाँच वा सोभन्दा बढी संख्यामा

डाेटीमा भालुकाे आक्रमणबाट एक घाइते

दिपायल, डोटीमा भालुको आक्रमणबाट सिलगढी नगरपालिका-९, कलेनाकी ७५ वर्षीया धनीदेवी साउँद घाइते भएकी छिन् । साउदलाई आज दिउँसो घरको आँगनमै बसिरहेका बेला भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। भालुको आक्रमणबाट घाइते भएकी साउँदलाई

स्कुल बस दुर्घटना हुदा तीन विद्यार्थी घाइते

कञ्चनपुर , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११, कलुवापुरस्थित युनिभर्सल बाल विद्या निकेतनको बस आइतबार दुर्घटना हुँदा तीन विद्यार्थी घाइते भएका छन्। म १ ख ४२४ नम्बरको बस विद्यालय बिदापछि आधारभूत तहका विद्यार्थीलाई घर पुर्‍याउन जाने क्रममा सरस्वती माध्यमिक

धनुषामा फेरि अवैध मदिरा सेवनबाट ५ जनाको मृत्यु

जनकपुर, धनुषामा अवैध मदिरा सेवनका कारण फेरि ५ जनाको मृत्यु भएको छ । जिल्लाको लक्ष्मीनिया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकामा अवैध मदिरा सेवनका कारण ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ५

प्रधानमन्त्री ओलीद्वारा ‘आपतकालीन कोष’ बनाउने मोदीको प्रस्ताव स्वीकार

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन गरेको प्रस्ताव स्वीकार गरेका छन् । कोरोना भाइरसविरुद्ध सार्क मुलुकका राष्ट्रले सहकार्य गरेर अघि बढ्नु पर्ने बताउँदै प्रधानमन्त्री ओलीले