डाेटीमा भालुकाे आक्रमणबाट एक घाइते
प्रकासित मिति : २०७६ चैत्र २, आइतवार
प्रकासित समय : [nepaliTime]
दिपायल, डोटीमा भालुको आक्रमणबाट सिलगढी नगरपालिका-९, कलेनाकी ७५ वर्षीया धनीदेवी साउँद घाइते भएकी छिन् ।

साउदलाई आज दिउँसो घरको आँगनमै बसिरहेका बेला भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
भालुको आक्रमणबाट घाइते भएकी साउँदलाई जिल्ला अस्पताल डोटीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

