समाचार Archive

आकासियो सुनको मूल्य

काठमाडौं, लगातार सुनको मूल्य आकासिदै गएको छ । शुक्रबार पनि सो प्रक्रिया कायमै रह्यो ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा एक हजार रुपैयाँले बढेर एक लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ

बारेकोटका पहिरो पिडितलाई अमेरिकामा बस्ने नेपालीहरुले गरे आर्थिक सहयोग

जाजरकोट, बारेकोट गाउँपालिकाका पहिरो पिडितहरूलाई अमेरिकामा बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन । अमेरिकाको नासो कम्युनिटी नामक संस्था मार्फत उनिहरूले  प्रती परिवार नगद रु ५५ हजार ७ सय अठहत्तर सहयोग उपलब्ध गराएका हुन । गत असाढ

पहिरोमा पुरिएर बैतडीमा आमा-छोराको मृत्यु

बैतडी, सुतिरहेका बेला घरमाथिबाट झरेको पहिरोले घर पुर्दा बैतडीमा आमा–छोराको ज्यान गएको छ । पहिरोमा पुरिए बैतडीको डिलासैनी गाउँपालिका–४ मठैराजमा आमा–छोराको मृत्यु भएको हो । बिहीबार राति १ बजे घरमाथिबाट आएको पहिरोमा परी आनसिंह बोहराकी ४०

ट्रम्पले लगाए टिकटकमा प्रतिबन्ध

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमा प्रतिबन्ध लगाएका छन् । ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटक

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा, झापाको कमल गाउँपालिका-५ टुक्रेस्थित नयाँ बस्तीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । बिहीबार राति आएका दुई वटा हात्तीले घर भत्काउन थालेपछि भागेका ५८ वर्षीय रोहित रेग्मीलाई हात्तीले लखेटेर ज्यान लिएको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमित सिरहाका युवाको धरानमा मृत्यु

सिरहा,  सिरहाका एक कोरोना संक्रमित युवकको गए राति मृत्यु भएको छ । बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको छ ।

अन्ततः विभाजनको संघारमा नेकपा

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विगत डेढ महिनादेखि जारी विवाद समाधान हुन नसक्ने दिशामा पुगेको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आ–आफ्नै अडान कायमै रहँदा पार्टी

भारतमा कोरोनाले ‘भयावह’ रुप लिंदै : संक्रमितको संख्या २० लाख नाघ्यो

एजेन्सी, छिमेकी देश भारतमा कोरोना भाइरसले ‘भयावह’ रुप लिंदै गएको छ । पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमण भारतमा देखिएको छ । संक्रमणदर उच्च रहेका अमेरिका र ब्राजिललाई पनि भारतले उछिनेको हो । वर्ल्डओमिटरका

करबारे सूचना अब एसएमएसबाटै

काठमाडौँ, करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्यसहित आन्तरिक राजस्व विभागले एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस जानेगरी विभागले प्रणाली विकास गर्दैछ ।

कोरोनाबाट मृत्यु हुने वृद्धवृद्धाको संख्या बढी, बालबालिका पनि जोखिममा

काठमाडौं – नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। यो ८ प्रतिशत हो। यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन्। तीमध्ये ३